विवाह अघि जति बिमति भए पनि
धेरैले नानाथरि कुरा लाएपनि,
राजी भएछन् सहमति जनाएछन् —बिबाहको—ति जोडिहरुले ।
सझौता लेखिएछ , विवाह सम्पन्न भएछ ।
तर अपसगुन अँक आठ बाह्रको—
सझौता बाह्र बुँदा लेखिएछ ।
विचरा शान्तिको विवाह
कात्तिकमा सम्पन्न भएछ ।
ज्योतिष अलि आला काँचा परेछन् ,
छिमेकीहरुले दुर दृष्टि हराएछन् ,
दम्पतिको खटपट सुरुभएछ ,
ज्योतिषकी छोरी राँड
बैद्यकी छोरी गलगाँड जस्तै ,
कचहरी राख्नु पर्ने भएछ तुरुन्तै,
सझौता लेख्दै भत्काउँदै भत्काउँदै लेख्दै
धेरै पटक धेरै वटा लेखिएछ ,
कारण रहेछ विपरीत धु्रवका विचार राख्ने
ती दुलहा दुलही ,
सधैँ वानि परेका सझौता भत्काउन,
वानि परेका बोले अनुसार नगर्ने
वानि परेका गरे अनुसार नवोल्ने,
भित्र भित्रै कुरा लुकाउने ,
अगाडि परेकाले सुन्न चाहे जस्तै
सत्य भएपनि, असत्य भएपनि बोली छाड्ने
तव सम्झौताहरुको जुहारी चलेछ ।
बिग्रदै बन्दै, बन्दै बिग्रदै अठोटहरु,
भत्कदै बन्दै बन्दै भत्कदै नैतिकताका सीमाहरु
जेनतेन एउटा छोरा जन्मिएछ ।
रुपमा जे भएपनि सारमा
छोरा मतिभ्रष्ट र पथभ्रष्ट जन्मिएछ ।
अव पास्नी ढिलो भईसक्यो,
पास्नी नै भाँडिएला जस्तो,
पास्नी नै देख्न नपाईएला जस्तो,
छिमेकी निम्तोमा आउने नआउने थाहा छैन,
नातागोताले सहायता गर्लान्, नगर्लान् थाहा छैन,
बिचरा छिमेकीहरु पनि के गरुन्?
मदले लठ्ठ भए जस्तै प्रशस्त गाली खाईरहेछन्,
गुण गर्दा बैगुन देख्ने,
मात्रै बिजोग देखेर तिनीहरुको —
बिबाहमा संलग्न भएका ।
दिक्क छिमेकी बेलाबखत झगडा सुन्छन्,
सुन्न नसकिने गाली पचाउछन्,
भने जस्तो नभए पारपाचुकेको धम्की सुन्छन्,
घर डढाईदिने हाँक सुन्छन् ।
मुर्ख देखि दैव डराउनु,
कान्छा बाउको अनुहार निल्न न ओकल्नु,
अव के गर्न सक्लान् र ती छिमेकी र नाता गोताले पनि,
भीरमा गएको गोरुलाई राम राम भन्न सक्लान्,
तर के काँधै थापी राख्न सक्लान् र ?
दम्पतिको खटपट सुरु भएछ ।