18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल उज्ज्वल जी.सी. October 8, 2014, 4:30 pm

आस्थाको चुलीबाट ढल्दैछौ अलिअलि

विद्रोहको ज्वालाभित्र जल्दैछौ अलिअलि ।

देशको बहादुर कसरी ठान्छौ आपूmलाई ?

जनताका नजरमा गल्दैछौ अलिअलि ।

नेपालीको स्वाभिमान चितामा सेलाउन

वैरीसँग दुई हात मल्दैछौ अलिअलि ।

कसैको इशारामा फलाक्दै गणतन्त्र

करोडौंका ऑंखाहरू छल्दैछौ अलिअलि ।

अमूल्य राष्ट्रियता भूलेर हिजोआज

सकुनीका चालहरू चल्दैछौ अलिअलि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।