18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी September 11, 2014, 9:00 pm
भाष्कर काजी
भाष्कर काजी

त्यो ठाउँमा सबैलाई हतार हुन्छ

जहाँ हर चिजको व्यापार हुन्छ /

बा पढाउनुपर्दैन है दु:ख गरेर

पढाई पनि सहजै साभार हुन्छ /

गरिबको दैलोमा बिहानै साहु पुग्छ

धनिको पो दैलोमा अखबार हुन्छ /

सज्जनसंग कलम हुन्छ हतियार

दुर्जनसंग हतियार तरवार हुन्छ /

नेता कहिल्यै एक्लो हुनै सक्तैन

गुण्डा हुन्छन नत्र सरकार हुन्छ /

भगवान र दुष्ट नचिनिने कारण छ

ठाउँ अनुसार यिनको अवतार हुन्छ /

रुँघा ७, रुकुम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।