18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत निरोज April 27, 2008, 2:34 pm

तिम्लाई जस्तै जिन्दगीको माया धेरै धेरै लाग्छ
पराईलाई सिउँदो सुम्प्यौ तर तिमी मेरै लाग्छ
 
पधेँरीमा तिम्रो गाग्री मैले समाई बोकाई दिन्थे  
भिर पहिरोमा हिँड्नु पर्दा तिम्रै हात समाई दिन्थे
जति लगाउ आफ्नो सम्झी गुन सबै खेरै जान्छ
पराईलाई सिउँदो सुम्प्यौ तर तिमी मेरै लाग्छ
 
घाँस दाउरा मेला पातमा तिमीलाई नै सघाउँथे
मिठो मसिनो तिमीलाई नै ख्वाउन पाए अघाउँथे
निभाई गयौ दियो मनको चारै तिर अँधेरै लाग्छ
पराईलाई सिउँदो सुम्प्यौ तर तिमी मेरै लाग्छ
 
देउराली ३, नवलपरासी
[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।