18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निरोज April 27, 2008, 2:20 pm

नछुदा झनै दुःख्ने त्यो घाउ कुन्नी कस्तो
बिस्रु भन्दा'नि सम्झने त्यो ठाउँ कुन्नी कस्तो
 
रुख पात र हाँगामा सुवास छ तिम्रै जहाँ
डोर्याई पुर्याउँछ यादले त्यो गाउँ कुन्नी कस्तो
 
अँगालो न्यानो तिम्रो बिर्सिए सबै दुःख जहाँ
आँगन रोदी घरको त्यो ठाउँ कुन्नी कस्तो
 
मोहिनी रुपले फसायौ बनायौ कैदी दिलको
तिरायौ मूल्य चर्को त्यो भाउ कुन्नी कस्तो
 
भक्कानी दिन्छ मन र फुट्छ मूल आँसुको
फैलन्छ भित्र आँखामा त्यो तलाऊ कुन्नी कस्तो
 
देउराली ३, नवलपरास
via_avenues@yahoo.com

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।