उज्याला कोठाहरूमा
अन्धकार बोक्दै
निरीहता भोग्दै
पलपल
त्रासका गाम्छाभित्र
भोलिका सपनाहरू बुन्दै
बसेका छन् – ज्यू‘ंदा मूर्तिहरू
भोक खॉंदै÷निद्रा सुत्दै÷प्यास भर्दै
तर,
‘सत्य’ बोल्न कत्ति सक्दैनन्
अर्थात्, अमूक छन्
कालो आकाशतिर
सेतो भविष्य नियाल्दै
० ०
मनस‘ंग कुरा गर्छन् रे यी
स्वतन्त्रता व्यर्थ हो
लोकतन्त्र व्यर्थ हो
स्वतन्त्रतामा हामी नाङ्गिन्छौ‘ं
लोकतन्त्रमा अरू झ्याङ्गिन्छन्÷हामी बाङ्गिन्छौ‘ं
० ०
हामीले
देशका आकर्षक फिलाहरू
सेकुवा बनाउ‘ंदै हसु¥यौ‘ं
मह‘ंगी÷अन्याय÷अत्याचारका
टन्टलापूर घामहरू
निमुखामाथि फर्काउ‘ंदै
धेरै खेल्यौ– अनैतिक खेलहरू
पहाडस‘ंग झेल गर्दै
० ०
उफ !
कस्तो गल्ती भएछ भन्दै
कहिले
प्रयश्चित बोल्छन्
कहिले
साउने अन्धो सॉंढेले देखेझै‘ं
मरुभूमिमा पनि हरियाली देख्छन्
हो,
आजभोलि बेसुरका बन्दैछन्
ज्यू‘ंदा मूर्तिहरू ।