18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झापाली स्रष्टा र साहित्य शृङ्खला

कृति/समीक्षा रामकुमार पण्डित क्षेत्री July 24, 2014, 3:14 am

झापाली स्रष्टा र साहित्य (२०६३)मा चालीसजना झापाली स्रष्टाहरूलाई समेटेर समालोचना मूलक कृति साहित्यकार अच्युत घिमिरेले पाठकसामु ल्याएको पाँच वर्षपछि पुन झापाली स्रष्टा र साहित्य शृङ्खला २ पनि लिएर आएका छन् । पहिलो शृङ्खला घिमिरे एक्लैले लेखेका थिए भने यो शृङ्खला २ भने पाँचजना सम्पादक मिलेर । भूमिकामा लेखिए अनुसार शृङ्खला २ को जस अपजसको जिम्मा पाँचै सम्पादकलाई बराबर जानेछ ।

झापाली स्रष्टा र साहित्य शृङ्खला २ मा ५७ जना स्रष्टाहरूको परिचय सहित उनीहरूको प्रतिनिधिमूलक केही रचनाहरू छापिएका छन् । यसरी छापिने ५७ स्रष्टाहरुमा वि. स.ं १९७७ मा जन्मेका स्रष्टादेखि वि. स.ं २०३७ मा जन्मेका स्रष्टासम्म परेका छन् । आधाभन्दा बढी स्रष्टाहरू ५० वर्ष नाघेका छन् । चारजना नारी स्रष्टा परेका छन् भने उल्लेख्य रूपमा बाहुन क्षत्री वाहेकका स्रष्टाहरू रहेका छन् । यसरी हेर्दा आजको समतामूलक व्यवस्थामा यो शृङ्खला पनि समाबेशी भएर देखा परेको छ । यसको लागि सम्पादन समूह बधाईको पात्र भएका छन् । स्रष्टाहरूको प्रतिनिधिमूलक रचनाहरूमध्ये कथा, कविता, गीत, गजल, हाइक,ु निबन्ध र समालोचना रहेका छन् । यी विविध विधामध्ये दुई तिहाइ जति स्रष्टाहरू कविता बिधामा लागेको देखिन्छ । उनीहरू सबैका रचनाले समग्रमा देश प्रेम, आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक आदि प्रगतिको कामना गरेका छन् । जात पात, छुवाछुत तथा वर्गीय सङ्घर्षको बिरुद्घमा बोलेका छन् । मजदुर तथा निम्न आय भएका गरिबको जीवन उत्थानको पक्षमा लेखेका छन् ।

यसरी झ।पा जिल्लाभरि छरिएर रहेका स्रष्टाहरूलाई बटुलेर एउटै पुस्तक मार्फत पाठकमाझ परिचित गराउनु सानो काम होइन । रचना सङ्कलनदेखि समालोचना मूलक परिचय गराउन निश्चय पनि कठिन हुन्छ । पहिलो शृङ्खलामा चालीसजना र यो दोस्रो शृङ्खलामा ५७ जना स्रष्टा रहेका छन् भने विविध कारणले अझै १५० भन्दा बढी छुटेका पाइन्छन् । अझै पनि आगामी दिनहरूमा अरु शृङ्खला आउनु पर्ने देखिन्छ । जे होस् चर्चित पुरस्कार पाएर स्थापित भइसकेका स्रष्टादेखि लिएर भर्खर उम्रिदै गरेका स्रष्टाहरूसम्म एउटै पुस्तकमा अटाइनु गौरबको विषय हो । उम्रिदै गरेका स्रष्टाहरुलाई यसैबाट झाँङ्गिनको लागि विशेष प्रोत्साहन मिल्नेछ भन्ने कुरामा विश्वास लिन सकिन्छ ।

लुकेका प्रतिभालाई खोजेर पाठकसामू परिचित गराउने कार्यको प्रशंसा जति नै गरे पनि कम हुन्छ । यो पुस्तकले झापाली साहित्यको क्षेत्रमा मात्रै नभएर नेपालकै साहित्यिक क्षेत्रमा महत्वपूर्ण स्थान ओगट्ने विश्वास गर्न सकिन्छ । पुस्तक पढेर पाठकले धेरै स्रष्टा र उनका रचना प्रवृत्तिलाई सजिलै जान्न सक्दछन् । यसबाट प्रभावित भएर पाठकले देशभरिकै स्रष्टालाई पढ्ने माग गर्न सक्दछन् । जसको लागि यो पुस्तकलाई गुरु मानेर देशैभरिका स्रष्टाहरूको फूललाई एउटै पुस्तकको धागोमा उनेर सुन्दर माला गाँस्ने प्रोत्साहन मिल्न सक्दछ ।

कृति ः झापाली स्रष्टा र साहित्य शृङ्खला २

कृतिकारः सम्पादक मण्डलः अच्युत घिमिरे, एन बी दाहालर्, नबीन’,

देवीचरण भण्डारीर्, सरोज’, देवी देउराली र प्रेम प्रभात

विधाः आख्यान

प्रकाशकः सुरभि साहित्य प्रतिष्ठान जोरपाटी काठमाडौ

सस्करणः २०६८ चैत (प्रथम)

मूल्यः रु ३००

पृष्ठ संख्याः २०८

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।