17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नवीन पौड्याल July 4, 2014, 4:16 am
नवीन पौड्याल
नवीन पौड्याल

गाउँ छोडी चेलीलाई यता नआउ भन्दिनू

धेरै चर्को गरमी छ, उता नजाउ भन्दिनू।

साख्खै बनी आउने यता आफन्त धेरै छन्।

नक्कली मायाको मिठो पानी नखाउ भन्दिनू।

वनमै फूल्न देउ, मन्दिरमा चढाउन पर्दैन

सस्तो भावनाको छोटो जामा नलाउ भन्दिनू।

झोपडीमै बस्नु बरू, यता कोठी मात्र छन्।

मगलभित्र निस्सासिई धेरै दुःख नपाउ भन्दिनू।

यात्रा होस् लामै बरू, हिडदा दुःख कष्टै होला।

जीवन यात्रामा छोटो बाटो नजाउ भन्दिनू।

सहरमा बिक्ने सामान धेरै धेरै हुन्छन्

पछि नवीन पछुतोको आँसु नबगाउ भन्दिनू।

दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।