18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बौद्ध साहित्यमा तिवारीको सिद्धार्थ गौतम नाटक

कृति/समीक्षा प्रा. डा. कपिल लामिछाने May 31, 2014, 5:07 am
प्रा. डा. कपिल लामिछाने
प्रा. डा. कपिल लामिछाने

(यस अनुसन्धानात्मक समालोचनामा नेपाली बौद्ध साहित्यका रूपमा भीमनिधि तिवारीको सिद्धार्थ गौतम नाटकको अध्ययन गरिएको छ । नेपाली काव्य, कविता, कथा, उपन्यास, नाटक, एकाङ्की आदिका क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएका तिवारीको सिद्धार्थ गौतम नाटकको नेपाली बौद्ध साहित्यमा पनि अहम् भूमिका छ । बुद्धसम्बद्ध विषय–प्रसड्डलाई कथ्यविषय वा विषयवस्तु बनाई सिर्जित साहित्यलाई बौद्ध साहित्य भन्दै यहा“ नेपाली बौद्ध साहित्यको परम्परामा सिद्धार्थ गौतम नाटकको विश्लेषण गरिएको छ । प्रस्तुत नाटक नाट्यतŒव तथा बुद्धतŒव दुवै दृष्टिले मौलिक सबल, उच्च र उत्कृष्ट नाट्यकृति रहेको निष्कर्षमा पुगिएको छ ।)

१. प्राक्कथन

भीमनिधि तिवारी (१९६८–२०३०) ले कविता, काव्य, गीत, गजल, भजन, निबन्ध, कथा, उपन्यास र नाटक आदि साहित्यका विविध विधामा कलम चलाएका छन् । यसबाट उनको बहुमुखी प्रतिभा झल्कन पुगेको छ । साहित्यशास्त्रीहरूले साहित्य वा काव्यका मुख्य दुई भेद गरेका छन्– दृश्य र पाठ्य । कविता, काव्य, गीत, गजल, निबन्ध, उपन्यास र कथा पाठ्य भेदमा र नाटक, एकाङ्की दृश्य भेदमा पर्दछन् । तिवारीले यी दुवै भेदमा आÇनो दक्षता र क्षमता प्रदर्शन गरेका छन् । सहनशीला सुशीला (१९९५) नाटकबाट नाट्य क्षेत्रमा उत्रेका तिवारी यही नाटकबाट सर्वप्रथम चर्चित हुन पुगेका हुन् । तिवारीले ऐतिहासिक विषयवस्तुमा आधारित आधा दर्जन नाटक लेखेका छन् । उनको प्रथम ऐतिहासिक नाटक सिद्धार्थ गौतम (२०१३) नै हो । यसपछि उनका शिलान्यास (२०२१), चौतारा लक्ष्मीनारायण (२०२४), माटोको माया (२०२७), आत्महत्या (२०३३) र महाराजा भूपतीन्द्र (२०२८) जस्ता ऐतिहासिक नाटक प्रकाशमा आएका छन् ।

गौतम बुद्धको जीवनी, विचार, धर्म आदिका बारेमा सयौँ भाषामा हजारौँ पुस्तक लेखिएका छन् । बुद्ध र उनका विचार, कर्म, धर्मलाई लिएर सिर्जनात्मक साहित्यको रचना पनि भइआएको छ । यसैलाई यहाँ बौद्ध साहित्य भनिएको छ । दार्शनिक, धार्मिक सांस्कृतिक र साहित्यिक सबै क्षेत्रबाट बुद्धका विचारलाई फिँजाउँदै विश्वव्यापी बनाई नेपालमा पर्यटकहरू भिœयाएर पर्यटक–प्रवर्धन गर्न सकेमा नेपालको आर्थिक समुन्नतिले फड्को मार्न सक्ने देखिन्छ । यसमा साहित्य पनि एउटा माध्यम बन्न सक्छ । बुद्ध र उनीसम्बद्ध विषय–प्रसङ्गलाई लिएर सिर्जनात्मक साहित्यको रचना हुन सक्छ र केही भएको पनि छ । यस दिशामा तिवारीले पनि कलम चलाएका छन् ।

तिवारीको सिद्धार्थ गौतम नाटकमा शाक्यवंशी राजकुमार सिद्धार्थको अनासक्ति, वैराग्यबोध र महाभिनिष्क्रमणका घटना–परिघटना र प्रसड्डहरूलाई नाटकीकरण गरिएको छ । साथै यसमा छुवाछुत र मादक पदार्थको सेवनका सामाजिक सन्दर्भ पनि आएका छन् र तिनलाई यहाँ नकारात्मक रूपमा लिइएको छ । तिवारीका सम्पूर्ण नाटकमध्ये बुद्धसम्बद्ध नाटक सिद्धार्थ गौतम मात्र रहेको छ । बुद्धलाई मञ्चमा उभ्याउनु हुँदैन भन्ने मान्यताअनुरूप यहाँ बुद्ध हुनुपूर्वको तर त्यसतर्फ अग्रसर हँुदाका सिद्धार्थको चरित्रको नाटकीकरण गरिएको छ र नाटकको नाम पनि सिद्धार्थ गौतम राखिएको छ । यिनै शाक्यवंशीय राजकुमार सिद्धार्थ नै आÇना विचार, दर्शन, चिन्तन, ज्ञान र व्यवहारले गर्दा बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्ध बनेका हुन् । त्यसैले सिद्धार्थ गौतम नाटक नेपाली बौद्ध साहित्यको एक महŒवपूर्ण प्राप्तिका रूपमा रहेको छ । सिद्धार्थ गौतम मूलतः नाटक भएकाले यसलाई नाट्यतŒवका दृष्टिले तथा बौद्ध साहित्य भएकाले बौद्ध साहित्यका दृष्टिले परखनु पर्ने हुन्छ । यहाँ यस नाटकलाई यिनै दुई कोणबाट अध्ययन गरिएको छ ।

२. नाट्यतŒवका दृष्टिले सिद्धार्थ गौतम नाटकको अध्ययन

विभिन्न तŒव वा उपकरणको संयोजनबाट नाटकको निर्माण वा सिर्जना भएको हुन्छ । नाटकका निर्माणकारी तिनै घटक नै नाटकका तŒव हुन् । पूर्व र पश्चिमका विभिन्न साहित्यशास्त्रीले विभिन्न समय र सन्दर्भमा विभिन्न नाट्यतŒवको चर्चा गरेका छन् । पूर्वीय नाट्याचार्य भरतले वस्तु, पात्र, रस, रड्डमञ्च, अभिनेताका वस्त्राभूषण, सड्डीत, अभिनय, भाषा, आदिलाई नाट्यतŒवका रूपमा लिएका छन् । उनीपछिका पूर्वीय अचार्यले वस्तु, नेता, रस र वृत्ति तथा अभिनयलाई नाट्यतŒव मानेका छन् । पश्चिमी नाट्यशास्त्री एरिस्टोटलले कथावस्तु, चरित्र, विचार, पदरचना, समूहगान र दृश्यविधानलाई दुखान्त नाटकका संरचक तŒव स्वीकार गरेका छन् । उनीपछिका पश्चिमा विद्वान्हरूले पनि यिनै तŒवलाई घटाई–बढाई गरी नाट्यतŒवको परिशीलन गरेका छन् । पूर्वी–पश्चिमी यी नाट्यतŒवलाई समायोजन गर्दा कथावस्तु र कथानक, दृश्यविधान र संरचना, उद्देश्य वा विचार, पात्र र चरित्र, परिवेश, अभिनय र रड्डमञ्च र भाषाशैलीलाई नाटकका तŒवका रूपमा लिन सकिन्छ । यहाँ यिनै नाट्यतŒवका आलोकमा भीमनिधि तिवारीको सिद्धार्थ गौतम नाटकको विश्लेषण गरिएको छ ।

२.१ कथावस्तु र कथानक

तिवारीकृत सिद्धार्थ गौतम नाटकको कथावस्तुको स्रोत इतिहास हो । इतिहास प्रसिद्ध महापुरुष गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि उनको नाम सिद्धार्थ गौतम थियो । यस नाटकमा गौतम बुद्धको सम्पूर्ण जीवनी नभएर १६ वर्षको उमेरदेखि २९ वर्षको उमेरसम्म अर्थात् देवदत्तद्वारा घाइते हाँसलाई उपचार गरी छाडेको प्रसड्डदेखि महाभिनिष्क्रमणको प्रसड्डसम्मका अधिकतर तथ्यपरक घटना र प्रसड्डको संयोजनबाट यस नाटकको कथावस्तु र कथानकको निर्माण भएको छ । यहाँ सिद्धार्थसम्बद्ध विभिन्न घटना, स्थिति, अवस्था र प्रसड्डहरूको योजनाबद्ध विन्यास गरिएको छ । अड्ढ विभाजन नभएको जम्मा ससाना १२ दृश्यमा विस्तारित यस नाटकको कथावस्तुको थालनी प्रथम दृश्यबाट भएको छ भने कथावस्तुको अन्त बारौँ दृश्यमा पुगेर भएको छ । दृश्य–दृश्यको घटना–विवरण यस प्रकार छ ः

पहिलो दृश्यमा सिद्धार्थ सांसारिक परिवर्तनबारे विचार निमग्न देखिन्छन् । हिमालय कहिले होचो र कहिले अग्लो कसरी हुन्छ ? अमलाको बोटलाई कसले कसरी बढाएको हो ? मृगको सिङ कसरी कसले बढाएको हो ? म आफैँ पहिलोभन्दा बढेको छु मलाई कसले, कसरी र किन बढाएको हो ? मानिस किन पुरुष र नारीमा विभक्त छ ? पुरुष मात्रै किन नभएका ? महिला मात्रै किन नभएका ? उनी यस्ता प्राकृतिक क्षेत्रका विषयमा सोच्छन् अनि उनको ध्यान समाजतिर जान्छ । उनी सोच्छन् – हलो उत्सवमा राजाले जोत्ने हलो सुनको, भारदारले जोत्ने हलो चाँदीको अनि अरू साधारण दुनियाँले जोत्ने हलो काठको, यस्तो किन ? राजाले जोत्ने गोरुको सिङ सुनले, भारदारले जोत्ने गोरुको सिङ चाँदीले र अरूले जोत्ने गोरुको सिङमा किन तेल मात्र दलेको ? हाम्रा शरीरका अड्ड–प्रत्यड्डले किन खासखास क्रिया–प्रतिक्रिया गर्दछन् ? उही बोट उही डाँठमा पनि किन फरकफरक आकार–प्रकारका फूल फुल्दछन् ? किन जताततै असमानतै–असमानता छ ? मरीमरी सकी नसकी काम गर्ने गोरुले किन गाली खान्छ ? अरूलाई त्यस्तो यातना दिएर अन्न उब्जाएर खानुभन्दा आफैँ उम्रेका–फलेका कन्दमूल र फलफूल किन नखानू ?

यसरी सांसारिक प्रवृत्ति–नियति र व्यवहारका बारेमा सोचिरहेका बेलामा वाण लागेर घाइते भएको सेतो राजहाँस सिद्धार्थका अगाडि खस्छ । सिद्धार्थ वाण झिकेर फाल्छन्, आÇनो धोतीको टुप्पो च्यातेर तलाउको पानीमा भिजाउँदै हाँसको रगत पुछेर सफा पार्छन् । देवदत्त आएर हाँस लैजान माग्छन् । सिद्धार्थ मैले बचाएँ मेरो हक छ भन्छन् भने देवदत्त मैले हानेको मेरो हक छ भन्छन् । दुवैमा भनाभन हुन्छ । यो भनाभनको कोलाहल राजा शुद्धोदनका कानमा पुग्छ र उनी मन्त्रीका साथ त्यहीँ उपस्थित हुन आउँछन् । राजा र मन्त्री समक्ष पनि हाँसमाथि कसको हक लाग्ने भन्ने बारेमा विवाद र सुनुवाइ हुन्छ । मन्त्रीले ‘प्राण लिनेको भन्दा प्राण दिनेको महŒव ज्यादा हुन्छ’ भन्दै हाँस सिद्धार्थको हुने फैसला सुनाउँछन् । देवदत्तलाई फैसला चित्त बुझ्दैन । उनी मन्त्रीलाई ‘खुसामदी’ र राजालाई ‘ढुड्डाका मूर्ति’ भन्दै निक्लन्छन् । राजा त्यसलाई हाँसेर उडाउँछन् । मन्त्री मगध र कोशलका राजालाई यस्तो भनेको भए खड्गले शिर उडाइदिन्थे होलान्, तर हाम्रो गणतन्त्र देश भन्दछन् । सिद्धार्थ एकान्त पोखरीमा हाँसलाई छाड्न जान्छन् । सिद्धार्थको यस्तो आचरणले गर्दा राजा चिन्तित हुन्छन् । उनी भन्छन् – मेरो जीवनमा सबभन्दा ठूलो हर्षको कारण पनि सिद्धार्थ कुमार नै छन् र आज चिन्ताको कारण पनि कुमार नै लागिरहेका छन् ।

राजाको छोराले जाबो एउटा हाँसमाथि त्यस्तो विधि गर्नु नै राजाको चिन्ताको कारण रहेको थाहा हुन्छ । छैँटीका दिन ज्योतिषीले कि त चक्रवर्ती कि संन्यासी हुने भनी गरेको भविष्यवाणी मध्ये दोस्रो विकल्प हुन गइरहेको जस्तो लागेर राजा चिन्तामा परेका हुन् भन्ने थाहा हुन्छ । अनि राजा र मन्त्रीमा एउटा पुरस्कार दिवसको आयोजना गर्ने, शाक्य कन्याहरूलाई आमन्त्रण गर्ने, सिद्धार्थले सर्वश्रेष्ठ कन्यालाई हार र अरूलाई उपहार दिने, सर्वश्रेष्ठ ठानिएकीसँग सिद्धार्थको विवाह गराइदिने सोच बनाउँछन् ।

दोस्रो दृश्यमा पुरस्कार दिवसको कुरा दासी र सारथि छन्दकका वार्तालापद्वारा व्यक्त भएको छ । दासी माला उनिरहेकी हुन्छे । सिद्धार्थको प्रतीक्षा गरिरहेको छन्दक पनि समय कटनी गर्न त्यहीँ पुग्छ । दासी र छन्दकका बीच सामान्य छेडछाड–घोचपेच हुन्छ । त्यसपछि दासी पुरस्कार दिवसका दिनको घटना सुनाउँछे । पुरस्कार दिवसका अवसरमा एकसे एक सुन्दरी राजकन्याहरू आफू छानिने अभिलाषाका साथ सिद्धार्थका अगाडि पुगेको र सिद्धार्थले अगाडि जुन हात लाग्यो त्यही उपहार झिकेर दिएको, उपहार सकिएको अन्तमा आएकी एक राजकन्यालाई उपहार नपाएर आÇनै गलाको हार पुरस्कार दिएको, तिनै देवदहकी राजकन्या (यशोधरा) सित धुमधामसित विवाह भएको दासीले सुनाउँछे । भित्र पुरस्कार दिवस सम्पन्न भइरहँदा छन्दक बाहिर ढोकामा तयारी अवस्थामा खटिएकाले देख्न नपाएको थाहा हुन्छ र अनि छन्दक सारथि सिद्धार्थको विवाह देखेर आफूलाई पनि विवाह गर्न रहर लागेको विचार व्यक्त गर्दछ । कन्थक हिनहिनाएकाले छन्दक त्यतै लाग्दछ ।

तेस्रो दृश्यमा यशोधरा र सिद्धार्थको संवाद छ । यशोधरा प्रणयका मुडमा निवेदन गर्दछिन्, तर सिद्धार्थ वास्ता गर्दैनन् । यशोधरा केही बोल्न–सोध्न भन्छिन् । नबोली बसेका सिद्धार्थ उनको आग्रहलाई स्विकार्दै प्रश्न गर्दछन्, प्रश्न माथि प्रश्न गर्दै जान्छन्, अन्तमा यशोधरा निरुत्तर हुन्छिन् । अन्तमा आफू मानिस भएर पनि पशुभन्दा नीच हुनु परेकोमा दुखमनाउ गर्दछिन् । उत्तरमा सिद्धार्थ ‘संसारमा सबै दम्पति रातमा चखेवा–चखेवी जस्तै हुन्छन्, दुई जनाको कोठा एक होला, शøया एक होला, तकियासम्म एक होला, तर निद्रा दुबैजनाको एक हुन सक्दैन । साथै सुते तापनि निद्रावस्थामा त दुवै अलग–अलग भैहाल्छन् नि एकको सपना अर्कोले देख्न सक्दैन ।’ भनी सम्झाउँछन् । (पृ.३९)

श्रावस्ती (नाटकमा श्रीवस्ती भनिएको) बाट प्रसेनजित्ले दूतहस्ते पठाएको पत्रको आशयउपर शुद्धोदन र मन्त्रीका बीचमा भएको संवादबाट चौथो दृश्य थालिएको हो । पत्रमा प्रसेनजित््ले शाक्य कुमारीसित विवाह गर्न चाहेको उल्लेख छ । मगधराज बिम्बिसारले लिच्छविको आक्रमणबाट बचेर राज्यविस्तार गर्नका निमित्त लिच्छवि राजकुमारीसित विवाह गरेकाले कोशलराज पनि शाक्य गणराज्यसित सम्बन्ध विस्तार गरी साना राज्यमाथि आक्रमण गर्न चाहन्छन् । वैवाहिक सम्बन्ध जोर्न खोज्नाको कारण यही हो भन्ने निष्कर्षमा उनीहरू पुग्दछन् । अनि शाक्य कन्या दिने कि नदिने भन्ने बारेमा विचार–विमर्श गर्दा सन्थागारमा निर्णयार्थ राख्ने टुड्डोमा पुग्दछन् ।

यस्तैमा सिद्धार्थ आउँछन् र दरबारको ‘प्रमोद–भवन’को परिधिबाट मुक्त भएर विचरण गर्न चाहेको बताउँछन् । राजा अनुमति दिन्छन् । शुद्धोदन मन्त्रीलाई नगरभरका घर, कटेरो, सडक, गल्ली अन्तरकुन्तर बिलकुल सफासुग्घर राख्न, नागरिकहरू सिँगारिएर बस्न, नगरका घरहरू ध्वजापताकाले सजाउन लगाउने व्यवस्था मिलाउन भन्छन् । यसैगरी बृद्ध, रोगी, विकलाड्डहरूलाई यात्रा–मार्गमा जान–देखापर्न निषेध गर्न भन्छन् । सिद्धार्थको यो चालामाला देखेर शुद्धोदन र प्रजापती चिन्तित हुन्छन् । शुद्धोदन सिद्धार्थको जन्मदिनमा कालदेवल नामका ऋषीश्वर आएका र उनले बालकलाई देखेर बालक सत्य, प्रेम, अहिंसा र ज्ञानको पुञ्ज लिएर जन्मेका बताएको स्मरण गर्दछन् । शुद्धोदन भन्दछन्– मलाई डर लाग्छ सुखभोगीबाट जोगी होलान् कि भन्ने । (पृ.४९) यस्तैमा प्रजापतीले यशोधरा गर्भवती भएको चार महिना नाघेको सन्देश दिन्छिन् । राजा खुसी हुन्छन् र अब सिद्धार्थ सन्तानको त्यही सुर्केनी पासोमा पर्ने कुरा गर्दछन् ।

सिद्धार्थको नगर–भ्रमणको प्रसड्डबाट नाटकको पाँचौँ दृश्यको थालनी भएको छ । सिद्धार्थ नगरपरिक्रमामा जाँदा पूर्ण पूर्वतयारी भए तापनि उनको चतुर नजरले एउटा वृद्धलाई देखिहाल्छन् । बूढो मान्छेलाई देखेर उनी प्रश्न गर्न थाल्छन् ः को हो त्यो ? मान्छे किन बूढो हुन्छ ? छन्दक तिमी पनि बूढो हुन्छौ ? म पनि बूढो हुन्छु ? अहिलेसम्म यसअघि किन मैले बूढो मान्छे देखिन ? छन्दक उसले जानेसम्मको जवाफ दिन्छ ।

फर्कनै लाग्दा एउटा रोगी भेटिन्छ । रोगी भनेको के हो ? रोग भनेको के हो ? रोग लागे के हुन्छ ? के हामीलाई पनि रोग लाग्छ ? यसबाट बच्ने उपाय के हो ? सिद्धार्थ यस्ता प्रश्न गरिरहन्छन् । छन्दक सिद्धार्थका सबै प्रश्नको उत्तर दिन सक्दैन । उनी चिन्तातुर हुन्छन्– यो रोगको चक्रव्युहबाट उम्कने शस्त्र के हो ?

यत्तिकैमा नेपथ्यको अर्को भागबाट ‘रामनाम सत्य हो’ भन्दै मानिसहरू लाश लिएर गइरहेको देख्छन् । सिद्धार्थ प्रश्न गर्छन्– के हो त्यो ? चार जनाले बाँसमा मान्छे बोकेका छन्, मान्छेले पीताम्बर ओढेर सुतेको छ, लावा र फूलको थुप्रो छ । कुन उत्सव हो यो ? उत्सव भए सबै हाँसीखुसी हुनुपर्ने, रुवावासी किन ? छन्दक कुनै मान्छेको मृत्यु भएको बताउँछन् अनि सिद्धार्थमा उनै प्रश्न उठ्छन्– मृत्यु भनेको के हो ? मान्छे किन मर्छ ? के हामी पनि मर्छौँ ? अनि किन रोएको ? सबै त यहीँ छन् । बिछोड कहाँ भएको छ र ? सबै बुझेपछि उनी भन्छन् ‘हाम्रो जुन यो शरीरलाई म पराग भन्ने सम्झन्थेँ यो त खरानीको राश पो रहेछ ¤ म त बोल्ने, चल्ने, खरानीको आकार पो रहेछु । हावाको एक झोँकाले यसलाई उडाउनेछ, पानीको एक झरले यसलाई बगाउनेछ ¤ धिक्कार मनुष्यजीवन ¤ कति दिनको वसन्त हो यो ¤’ (पृ.६७)

यस्तैमा सिद्धार्थ एउटा संन्यासी देख्छन् । छन्दकसित त्यो को हो भनी सोध्छन् । छन्दकले संन्यासी, राजा–प्रजा सबैलाई समान देख्ने संन्यासी भनेपछि सिद्धार्थ संन्यासीबाट प्रभावित हुन्छन् । उनी भन्छन्– ‘यस्तो जीवन पो जीवन ¤’ (पृ.६९) उनी सङ्कल्प गर्दछन्– ‘अब म त्यस्तो वीरलाई खोज्छु, छन्दक, जसले वृद्धावस्था, रोग, मृत्युलाई पनि पराजय गर्न सकेको छ ।’ (पृ.६९) यस नगरपरिक्रमाबाट आÇनो मगजमा ठूलो क्रान्ति, परिवर्तन ल्याएको बताउँदै उनी फर्किन्छन् ।

प्रजापती र दासीको संवादबाट छैठौँ दृश्यको थालनी भएको छ । प्रजापती दासीलाई सानोठूलो गुणले हुने बताउँछिन् । सानो भनेर हुँदैन, कीराले जाबो अँडिरको पात खाएर रेसम ओकल्दछ । हामीले दूधभात खाएर के गर्नु ¤ यस्तैमा हताश शुद्धोदन आउँछन् । सिद्धार्थलाई नगरपरिक्रमामा जेजे देख्न नदिनू भनेको त्यही त्यही देखेछन् । जो नहोओस् भनेको त्यही भएछ । उनी दुखी हुँदै प्रजापतीलाई बेथा सुनाउँछन् । उनी भन्छन्– यो खोलोलाई बाँध बाँधेर म आÇनो इच्छित स्थानतिर लैजान चाहन्छु, योचाहिँ बाँध नै फोडेर स्वतन्त्र गतिले बहन खोज्छ । (पृ.७२)

यस्तैमा, मन्त्री आउँछन् र त्यस्तो हुनाको कारण खुलस्त पार्दछन् । शुद्धोदन र मन्त्री भएर अब नयाँ उपाय खोज्न थाल्छन् । साबिकका नर्तकीलाई खारेज गरी मोहनी कलामा निपुण चवालीस जना गायिका र नर्तकीलाई नियुक्त गर्ने योजना बन्छ । राजकुमारको मन आफूतिर तान्न सक्नेलाई विशेष इज्जत र इनाम दिने कुरा पनि हुन्छ ।

त्यहीँ प्रजापती सिद्धार्थले गायिका र नर्तकीलाई दाह्रा नभएका राक्षस्नी भनेको, रातमा पिंजडाका चरालाई छाडिदिएको तर तिनीहरू नउडेको आफूले थाहा पाएको बताउँछिन् । त्यसरी नउडेको देखेर सिद्धार्थ सेच्छन् ः जाबो चरालाई पिंजडाबाट मुक्त हुनको निमित्त सूर्यको प्रकाश चाहिँदो रहेछ† मलाई बार्धक्य, रोग मृत्युबाट मुक्त हुनाको निमित्त केको प्रकाश चाहिएला ¤ म अब त्यो खोजी गर्छु । (पृ.७८)

सिद्धार्थ राजभवनदेखि केही परको बगैँचामा टहलिइरहेको अवस्थाबाट सातौँ दृश्यको थालनी भएको छ । दुबोलाई देखेर सिद्धार्थ सोच्छन्– ‘मनुष्य, जसले आफूलाई के के न सम्झेको छ कत्रो न शक्तिवान् सामथ्र्यवान् ठानेको छ एउटा घाँसमा हुने जति महत्ता पनि यसमा छैन । यस्तैमा एउटा मान्छे ढुनमुनिँदै आउँछ र जान्छ । सिद्धार्थ मालीसँग त्यसका बारेमा सोध्छन् । माली त्यो अछुत र रक्सीबाज हो भनी जानकारी गराउँछ । सिद्धार्थ रक्सी के हो र त्यो खाएर के हुन्छ भनी सोध्छन् । मालीले रक्सी भनेको अरक वा झोेल हो, जुन खाएपछि दिमाग जान्छ, बुद्धि र होस हराउँछ भन्छ । मालीले अछुतको अर्थ छुन नहुने नीच जात भनेपछि सिद्धार्थ मानिस–मानिसमा पनि छुत–अछुत, ऊँच– नीच हुन्छ भनी प्रतिप्रश्न गर्दछन् । माली द्यौताकै पालादेखि चलिआएको चलन भनी बताउँछ । सिद्धार्थ सोच्छन्– ‘उसो भए त्यो देवतालाई कसरी मानूँ जो मानिस–मानिसमा पनि यस्तो भेदभाव, पक्षपात गर्छ ? (पृ.८२)

यस्तैमा एउटा युवकलाई दुई प्रौढ मानिसहरूले समातेर लग्दै गरेका हुन्छन् । प्रौढहरूले त्यसले चोरेको हुँदा दण्डका लागि लग्दै गरेको बताउँछन् । सिद्धार्थ सोध्छन्– चोरी भनेको के हो ? दण्ड भनेको के हो ? के दण्डले चोरी हट्न सक्छ ? प्रवृत्ति मार्गलाई छोडेर निवृत्तितिर लाग्नुपर्छ । अनि कहाँ चोरी रहन्छ ? उनी सोच्छन्– मलाई सांसारिकताले गाँजिरहेछन् । वास्तवमा गृहस्थ जीवन नै, यो नारकी जीवन नै, दुखको कारण हो । (पृ.८४) यस्तैमा चोबदारले पुत्ररत्न जन्मेको खबर लिएर आउँछ । त्यसले उनलाई खुसी होइन, खिन्नताबोध गराउँछ । ‘जतिजति म यो पासोलाई चुँडाएर जान चाहन्छु, उति उति यो झन् झन् मस्कँदै, सुर्केनी पर्दै पर्दै आउँदो छ ।... (पृ.८७)

आठौँ दृश्यको सुरुमा राजभवनको प्राड्डणमा प्रजापती र शुद्धोदन आपसमा शिशु (नाति) जन्मेकोमा खुसी प्रकट गर्दछन् । शुद्धोदन सिद्धार्थ अब कहीँ जान सक्दैनन् भन्ने विश्वास प्रकट गर्दछन् । यस्तैमा सिद्धार्थ आइपुग्छन् र आफू सांसारिकताबाट अघाइसकेकाले आफूलाई बेरोकटोक गृहत्याग गर्न अनुमति दिन भन्दछन् । उनी भन्छन् ः

‘यो संसारको सुखभोग मुखमा मह भएको नीमको घडा रहेछ । जति भित्र हात हाल्यो उति तीतो, जति भित्र हात हाल्यो उति तीतो, तीतै तीतो, कलाविष रहेछ । म पिउन सक्दिनँ, अब म एक घुट्को पनि पिउन सक्दिनँ ।... जता हेर्छु, जता फर्कन्छु, उतै दुख, पीर, बाघा, यातना । त्यसैले मेरो दिलमा दाह भइरहेछ, मुखमा आह भइरहेछ । सुख र आनन्द भन्ने वस्तु यो संसारमा कहीं पनि रहेनछ । बुबा ¤ मुमा ¤ म संन्यास लिएर जान्छु† जेबाट निर्वाण पद प्राप्त हुन्छ त्यही कार्य गर्छु । यो भवन त्याग्न मलाई आज्ञा बक्सियोस्, बिनारोकावट सजिलैसित बक्सियोस् । (पृ.९०)

शुद्धोदन सिद्धार्थलाई पन्ध्र वर्षको उमेरमा बिम्बिसारले मगधमा राज्य सञ्चालन गरेकाले तिमी त २९ वर्षका भइसक्यौ, तिमीले राज्य सञ्चालन गर्ने बेलामा यस्तो भन्नु उचित छैन, भरखर जन्मेको शिशुको आज छैँटी हो, नामकरण भएको छैन, सुत्केरी पत्नी छाडेर जाने कुरै नगर भनी सम्झाउँछन् ।

सिद्धार्थ मेरा स्थानमा अर्को आइसकेपछि अब मेरो काम छैन भन्दछन् भने शुद्धोदन पनि मेरो स्थानमा तिमी आइसक्यौ, अरक तिमी भइहाल्यौ म खोस्टा आफैँ Çयाँकिन्छु भनी सम्झाउँछन् । प्रजापती जाने कुरै नगर भनी सम्झाउँछिन् । शुद्धोदन नवजात शिशु, सुत्केरी यशोधरा, धर्म, मर्मादा, उत्तरदायित्व, शाक्यवंश, लोकका कारण तिमी कहीँ जान पाउँदैनौ, कहीँ जान सक्दैनौ भनी बताउँछन् । सिद्धार्थ आफूलाई जान नदिने भए केवल चार कुरा दिन माग गर्दछन् । ती हुन्–

– म कहिले पनि बूढो नहुँ ।

– मलाई आजीवन कुनै प्रकारको रोग नलागोस् ।

– म मर्दै नमरुँ ।

– मेरो हृदयमा सदैव परिव्राजकको जस्तो अपार शान्ति र आनन्द होओस् । (पृ.९४)

शुद्धोदन यी कुरा त देवतालाई त प्राप्त छैन, मानिसको के कुरा ¤ अरू केही माग न भन्दछन् । सिद्धार्थ फेरि उही कुरो दोहो¥याउँछन्– उसो भए भवन छाडेर जाने अनुमति पाऊँ ।

प्रजापतीले सिंहासन माग्न भन्छिन् । उनी आफूले सिंहासनलाई कण्टकासन सम्झेको, भोगलाई रोग, विलासलाई आत्मोन्नतिको विनाश सम्झेको बताउँछन् । सिंहासन पाँच सय सदस्य सन्थागारको अधिकार क्षेत्रको विषय हो, निर्वाण पथमा जान दिने हजुरको व्यक्तिगत अधिकार भएकाले अनुमति दिनुहोस् भन्छन् । शुद्धोदन पनि यो मेरो व्यक्तिगत मामिला होइन, तिमी आÇनै सारा दायित्व पुत्रलाई सुम्पेर अनि संन्यास लेउला भन्दछन् । अनिर्णयकै अवस्थामा आठौँ दृश्य सकिन्छ ।

नवौँ दृश्यमा सिद्धार्थलाई रिझाउन प्रमोद भवनमा सोरसत्र वर्षका अतिशय सुन्दरी चार नर्तकीको नृत्य प्रस्तुत गर्ने आयोजना भएको छ । सिद्धार्थको मन जित्नेलाई थरीथरीका पुरस्कारको व्यवस्था भएकाले नर्तकीहरू पनि अनेक प्रयत्न गर्दछन् । सिद्धार्थ नर्तकीहरूलाई मादक होइन, बाधक रूपमा हेर्दछन् । नर्तकीहरू आफूहरू सिद्धार्थलाई रिझाउन आएको भन्छन् । सिद्धार्थ झिझाउन आएको ठान्छन् । उनीहरूलाई सिद्धार्थ भन्छन्– “आधा रातमा, घोर मसानमा कङ्काल नाचेको जस्तो लाग्छ । यो वीणाको झङ्करचाहिँ हाड बजेको जस्तो सुन्छु ।” (पृ.१०१) सिद्धार्थ नर्तकीहरूलाई भन्छन्– ... नाच्दानाच्दै आएका पुतलीहरू यिनै ज्वालामा जलेर कति मरेका छन् । तिमीहरू पनि चिताका पुतली हौ । तिमीहरूले एक दिन जल्नुछ, भस्म हुनुछ । (पृ.१०२)

यति भन्दै सिद्धार्थ नर्तकीहरूलाई जान भन्दछन् । नर्तकीहरू आफूलाई नृत्य प्रस्तुत गर्ने आज्ञा भएको बताउँछन् । सिद्धार्थ त्यसो भए तिमीहरू आज्ञापालन गर, म सुत्छु भन्दछन् । उनी सुते झैँ गर्दछन्, नर्तकीहरू नाचीनाची थाकेर पल्टछन् अनि सिद्धार्थ उठ्छन् । सिद्धार्थ राजभवन, नर्तकी, भोगविलास र आफूलाई पनि धिक्कार्छन् र आफू अब निर्वाणपथतिर गइछाड्ने दृढता प्रकट गर्दछन् ।

आषाढ पूर्णिमाको रातमा दसौँ दृश्य दरबारको मूल द्वारमा रहेको छ । रातको सन्नाटा छ । द्वारपालहरू कडा पहरामा छन् । पहिलेभन्दा डबल पहरा छ । द्वारपालहरू आपसमा गफ गर्दछन् । दोस्रो र चौथो द्वारपाल कपिलवस्तुको सम्पन्नताको कुरा गर्दछन् । जताजतै तलाउ, बगैँचा, फूलबारी भएको, असल हावापानी भएको, दूधदहीको छेलोखेलो भएको, सबै बासिन्दा हृष्टपुष्ट रहेका, यही देखेर कोशलले आँखा गाडेको तर कति गर्दा पनि जित्न नसकेको, अनि विवाहका लागि कन्या मागेको र कपिलवस्तुकी मठ्याहा कन्या दिएको जस्ता कुरा गरिरहन्छन् । गफ गर्दागर्दै निदाउँछन्, बिउँझन्छन् । आकाशमा बादल लागेको हुन्छ, सिमसिम पानी पर्छ ।

उसै रातको एघारौँ दृश्यलाई ‘मूक दृश्य’को संज्ञा दिइएको छ । यस दृश्यमा यशोधरा प्रसूति गृहमा काखमा राहुल लिएर सुतेकी छन् । सिद्धार्थ ढोकाको एक खापा विस्तारै उघार्छन् । चाल मारेर भित्र पस्छन्, टाढैबाट यशोधरा र राहुललाई हेर्छन्, फर्कन खोज्छन् र पुनः अगाडि बढेर राम्रोसँग नियालेर हेर्छन् र ढोकानेर पुग्छन् अनि फेरि फर्केर त्यहीँबाट हेर्छन् र बिस्तारै ढोका बन्द गरेर जान्छन् । यशोधरा अकस्मात् ब्युँझिन्छिन् र सुतेको सुत्यै शिरमात्र उठाएर कोठाको चारैतिर निरीक्षण गर्दछिन् र फेरि सुत्छिन् ।

बारौँ तथा अन्तिम दृश्य अनोमा नदीको बगर रहेको छ । त्यहाँ अघिअघि सिद्धार्थ र पछिपछि काखीमा कुमारको राजसी वस्त्राभूषणको पोको र खड्ग बोकेको छन्दक छन् । सिद्धार्थ छन्दकलाई फर्कन भनिरहेका छन्, छन्दक आफू पनि सँगै जाने जिद्दी गरिरहेको छ । सिद्धार्थ र छन्दकका संवादबाट सिद्धार्थले महाभिनिष्क्रमण गरिसकेको, घोडा कन्थक बिलौनाले गर्दा छटपटाई–छटपटाई मरणासन्न अवस्थामा पुगेको बुझिन आउँछ । फर्किन नमानेको छन्दकलाई सिद्धार्थले मैले हृदयमा उर्लेर आएको मोहलाई दमन गरेर त्यस्तो प्रमोद भवन, सुखभोग, बुवा, मुमा, यशोधरा, राहुल त छाडेर आएँ भने अब तिमीलाई सँगै लिएर जाने प्रश्नै उठ्दैन भनी सम्झाउँछन् र राजभवनमा पुगेर आÇनो समाचार सुनाउन आज्ञा दिन्छन् ।

दृश्यदृश्यको यस विवरणबाट सिद्धार्थ गौतम नाटकको कथावस्तु इतिहाससम्बद्ध रहेको प्रस्ट छ । कपिलवस्तु शाक्य गणराज्यका गणराजा शुद्धोदनका राजकुमार सिद्धार्थको १६ वर्षदेखि २९ वर्षको उमेरसम्ममा उनमा देखापरेको वैचारिक विकास र आÇनो विचारप्रति उनको लगाव तथा प्रतिबद्धतालाई यहाँ देखाइएको छ, नाटकीकरण गरिएको छ र कलात्मक पुनः सृजन गरिएको छ ।

नाटकको कथानक आदि, मध्य र अन्त्ययुक्त रहेको छ । पहिलो दृश्यबाट कथानकको थालनी भएको छ । सिद्धार्थ सांसारिकता बारे चिन्तित भएका बेलामा घाइते हाँस उनका अगाडि खस्न पुग्छ । यहाँबाट नाटकको कथ्यवस्तुको उठान वा परिचय भएको छ, सिद्धार्थको प्रवृत्ति अवगत भएको छ । सारा संसार हिंसामा उद्धत रहेको बेलामा उनी हिंसाका विपरीत देखिन्छन् । उनी त्यसबाट मुक्ति चाहन्छन् । राजा, रानी, यशोधरा, मन्त्री लगायत सारा दरबारियाहरू उनलाई सांसारिकता, सुखलिप्सा र आमोदप्रमोदमा लगाउन चाहन्छन्, तर सिद्धार्थ त्यसबाट बच्दै निर्वाणतर्फ अभिमुख हुन चाहन्छन् । यस्तो द्वन्द्व नाटकभर चलिरहन्छ । पुरस्कार दिवसको आयोजना गरिन्छ, सिद्धार्थ त्यसमा निस्पृह रहन्छन्, तथापि यशोधरासित उनको विवाह गरिन्छ । उनी यशोधरालाई प्रगाढ प्रेम गर्दागर्दै पनि अलगै रहन चाहन्छन् । प्रमोद–भवनबाट विमुक्त हुने चाहना राख्दछन् । उनको नगरपरिक्रमा गराउने आयोजना हुन्छ, तर जे नहोस् भनेको त्यही हुन्छ । सिद्धार्थ वृद्ध, रोगी, मृत्यु र संन्यासीलाई देख्छन्, जिज्ञासा राख्छन् र उनी संन्यासीबाट आकर्षित हुन्छन् । फर्केपछि उनी संन्यासीलाई नै सम्झिरहन्छन्, पिंजडाका चरालाई छाडिदिन्छन्, नर्तकीहरूलाई दारा नभएका राक्षस्नी भनिदिन्छन् । उनी चोर, अछुत, मादक पदार्थ सेवक आदिका बारेमा प्रश्न गर्दछन् । गृहस्थ जीवनलाई नै नरक र दुखको कारक भएको निष्कर्षमा पुग्दछन् । नयाँ नर्तकीका नृत्यबाट पनि उनी प्रभावित हुँदैनन् । आमा प्रजापती र बाबु शुद्धोदनसित गृहत्यागका लागि अनुमति माग्छन्, तर पाउँदैनन् र अन्तमा वैशाख पूर्णिमाको मध्यरातमा सबै सुतिरहेका र कडा पहराका बीचमा उनी छन्दकका साथ दरबारबाट निक्ली अनोमा नदीको बगरमा पुग्दछन् । यसरी पहिलो दृश्यबाट आरम्भ भएको कथानक एघारौँ मूक दृश्यमा पुगेर चरम हुन्छ, जहाँ सिद्धार्थको महाभिनिष्क्रमण हुन्छ र बारौँ दृश्यमा संन्यासीका वेशमा सिद्धार्थ जब छन्दकलाई फर्किन बाध्य पारिहेका हुन्छन् नाटकको कथावस्तुको उपसंहार र अन्त भएको छ ।

यसरी हेर्दा यस नाटकको कथानक आदि, मध्य र अन्त्ययुक्त देखिन आउँछ । यस कथानकका अतिरिक्त यहाँ अर्को कुनै प्रासड्डिक कथानक छैन, समानान्तर कथानक छैन । त्यसैले यस नाटकको कथानक सरल छ, आफैँमा पूर्ण छ । कथानकमा कुनै पूर्वदीप्ति छैन । कथानक आरम्भ भएर क्रमशः अगाडि बढेको हुँदा यस नाटकको कथानक रैखिक ढाँचामा अगाडि बढेको छ । नाटकको उद्देश्य बमोजिम पात्रयोजना गरी कथानकलाई आदि, मध्य र अन्त्यका क्रममा सरल ढड्डले विकास र विस्तार गरिएको हुँदा कथानकका दृष्टिले यो नाटक सहज र स्वाभाविक देखिन्छ ।

२.२ दृश्यविधान र संरचना

सिद्धार्थसम्बद्ध ऐतिहासिक कथ्यवस्तुमा आधारित यस नाटकको उद्देश्य प्राप्तिका लागि सो कथावस्तुलाई विभिन्न १२ दृश्यमा विभाजन गरिएको छ । यहाँ त्यस्तो विभाजनलाई परम्परागत नाटकमा झैँ अड्ढ नभनी दृश्य मात्र भनिएको छ र त्यस्ता दृश्यको नामाड्ढन र शीर्षकाड्ढन पनि गरिएको छैन । दृश्य विभाजन निम्नअनुसार भएको छ ः

दृश्य (१) बगैँचा, वैशाख

दृश्य (२) राजभवनको प्रसड्ड, असार

दृश्य (३) यशोधराको शयनकक्ष, असार

दृश्य (४) राजभवनको बैठक, फागुन

दृश्य (५) नगर, फागुन महिनाको अपरान्ह

दृश्य (६) प्रजापतीको कोठा, फागुनको महिना (रात)

दृश्य (७) राजभवनदेखि टाढाको बगैँचा, असार शुुक्ल नवमी

दृश्य (८) प्राड्डण, असार शुक्ल चतुर्दशी

दृश्य (९) सिद्धार्थको शयनागार, असार शुक्ल पूर्णिमाको रात

दृश्य (१०) राजभवनको मूल द्वार, असार शुक्ल पूर्णिमाको रात

दृश्य (११) यशोधराको प्रसूतिगृह, असार शुक्ल पूर्णिमाको रात

दृश्य (१२) अनोमा नदीको बगर, असार शुक्ल पूर्णिमाको भोलिपल्ट बिहान

यी १२ दृश्यमध्ये एघारौँलाई ‘मूक दृश्य’ भनी नामकरण गरिएको छ, किनभने यहाँ शारीरिक क्रियाकलापमात्र छ, भाषिक क्रियाकलाप छैन । यहाँ कोही बोलेको छैन । कोही बोल्ने अवस्थाको सिर्जना गरिएको छैन । हरेक दृश्यका आरम्भमा ‘दृश्य’ भनिएको छ भने तेस्रो सातौँ, आठौँ दृश्यान्तमा ‘विश्रान्ति’ भनिएको छ । मञ्चन गर्न सजिलो होस् भन्ने हेक्का राखेर रचना गरिएकाले दृश्य–विधान सरल बनाइएको पाइन्छ ।

२.३ उद्देश्य र विचार

सिद्धार्थ गौतम चरित्रप्रधान र विचारप्रधान नाटक हो । यो उद्देश्यपूर्ण नाटक हो । सिद्धार्थ गौतमका तर्कसड्डत सत्य, शान्ति र अहिंसावादी विचार र दृष्टिकोणहरू नै यस नाटकको विचारको आधार हो, सार हो । संसारमा रहेको जन्मदुख, जरादुख ..... बाट कसरी मुक्त हुन सकिन्छ भन्दै आÇना व्यक्तिगत सुखसुविधा, इष्टभित्र र तात्कालिक पारिवारिक–सामाजिक दायित्वलाई परित्याग गर्दै महान् प्राप्तिका लागि सिद्धार्थले गृहत्याग गरेका छन्† जसलाई महाभिनिष्क्रमण भनिन्छ । सिद्धार्थ कठोर र दृढ भएर सत्य र सुखको खोजीमा निक्लेका छन् । यसरी हेर्दै जाँदा प्रस्तुत नाटकको उद्देश्य सिद्धार्थका विचार र व्यवहार देखाउनु रहेको प्रस्ट हुन्छ । सिद्धार्थको समग्र जीवनी प्रस्तुत गर्नु यसको उद्देश्य होइन । यस नाटकको उद्देश्य र विचार मुख्यतः सिद्धार्थका कथन, व्यवहार र क्रियाकलापका माध्यमबाट देखाइएको छ ।

देवदत्तद्वारा आहत भएको हाँसलाई सिद्धार्थले मलहमपट्टी गरेर छाडेका छन् । यसबाट अहिंसा, दयामाया र करुणाको महŒव दर्साइएको छ । सिद्धार्थ आÇनो यस विचारपथमा पछिसम्म अविचलित छन् ।

सिद्धार्थका पृथक् विचार देखेर उनलाई सांसारिक मायाजालमा अड्याइराख्न वा व्यावहारिक जीवनमा राखिछाड्न विवाह गरिदिनु उपयुक्त ठानी कन्या छनौट गर्न ‘पुरस्कार दिवस’को आयोजना हुँदा उनी निस्पृह रहे पनि आए जति सबै कन्यालाई पुरस्कार दिई पठाए र अन्तमा आउनेलाई पुरस्कार सकिएकाले हार दिई पठाए । यसले सिद्धार्थ बाह्य सौन्दर्यका पछाडि दगुर्दैनन् भन्ने बुझ्न सकिन्छ । ...

यशोधरासितको वार्तालापमा दुवै दम्पतिमा जतिसुकै मिल्ती भए तापनि दुवैको निद्रा एक हुन सक्दैन भन्ने सिद्धार्थको विचार छ । बत्तीको उज्यालोको लोभमा पुतलीको जीवन समाप्त भए झैँ हामी पनि सांसारिक मोहमायाका भुमरीमा जलेर खरानी भइरहेछौँ ।

नगरपरिक्रमा गर्न जाँदा वृद्ध, रोगी, मृतक र संन्यासी देखेपछि वृद्धत्व, रोग, मृत्युबाट कसरी मुक्त हुन सकिन्छ भन्ने चिन्तनमा मग्न सिद्धार्थ गृहत्याग गरी संन्यासी भई स्थायी सुख, शान्ति र अहिंसाको मार्ग पत्ता लागाउन चाहन्छन् । यही उद्देश्य प्राप्तिका लागि सिद्धार्थले महाभिनिष्क्रमण गरेको देखाइएको छ ।

यसरी हेर्दै जाँदा यहाँ शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जीवनका केही महŒवपूर्ण घटना–प्रसड्ड देखाउँदै उनका विचार, दर्शन र तदनुरूपको व्यवहारको पाइन्छ । यही नै यस नाटकको उद्देश्य पनि हो । सिद्धार्थ गौतमको विचार नै यहाँ मुख्य रूपमा आएका छन् ।

२.४ पात्र र चरित्र

तिवारीको यस नाटकमा सिद्धार्थ गौतम, शुद्धोदन, प्रजापती, यशोधरा, मन्त्री, छन्दक, दासी, देवदत्त, बूढो, रोगी, संन्यासी, माली, चोबदार, द्वारपालहरू, नर्तकीहरू, चोर, रक्सीबाज, राहुल आदि मञ्चमा देखिन्छन् भने प्रसेनजित्, बिम्बिसार आदि पात्रहरूको नामोल्लेख पाइन्छ । एउटा नाटकका लागि यति पात्र स्वाभाविक देखिन्छन् । यी पात्रमध्ये सिद्धार्थ प्रमुख रहेका छन् भने शुद्धोदन, प्रजापती, यशोधरा, मन्त्री र छन्दक सहायक पात्र रहेका छन् । बाँकी पात्रहरू गौण पात्रहरू हुन् । यहाँ यी मुख्यमुख्य पात्रको चारित्रिक विशेषताको चर्चा गरिएको छ ।

२.४.१ सिद्धार्थको चरित्रचित्रण

नेपालको लुम्बिनीमा जन्मेका कपिलवस्तु गणराज्यका गणराजा शुद्धोदनका छोरा शान्ति र अहिंसाका अग्रदूत महामना सिद्धार्थ गौतम विश्वप्रसिद्ध महापुरुष हुन् भने प्रस्तुत नाटकका प्रमुख पुरुष पात्र पनि हुन् । यस नाटकमा सिद्धार्थ १६ वर्षको उमेरदेखि २९ वर्षको उमेरसम्म देखापरेका छन् भने घर–गृहस्थी र सांसारिकताबारे सोच्दै गर्दा देवदत्तद्वारा आहत हाँसको प्रसड्डदेखि महाभिनिष्क्रमणसम्म उनका जीवनमा घटेका घटना र प्रसड्डहरू देखाइएका छन् ।

बाहिरबाट हेर्दा सिद्धार्थ गौतम राजकीय वेशभूषामा रहेका देखिन्छन् । उनको बाह्य रूपाकृतिको वर्णन गर्दै नाटककारले पहिलो दृश्यमा निम्नअनुसार वर्णन गरेका छन् ः “सिद्धार्थको उमेर सोह्रको, मझौला शरीरका, अग्ला, वर्ण सुनको जस्तो छ । बाटुलो र चेप्टो चेहरा, ठूला र लामकोसे आँखा, कालो घना आँखीभौँ, लामो नाक, लामा लामा कान, रातो ओठ र गालाका टुप्पामा गुलाफीपन छ । समस्त चेहराबाट ओज निस्किरहेछ । लामा र सुलुत्त परेका कलमी औँलाले भौँरा जस्ता काला, टल्कने र घुँघुरिएका जुल्फी खेलाइरहेका छन् । उनको वस्त्र सुनौला बत्तूवाल सेतो धोती, उस्तै कामदार अलखा, सिपी र हस्तिहाड जडित खराउ, घाँटीमा रत्नका हारहरू र बाहुमा नवरत्नले बाजू, निदारको बीचमा रहेको बाटुलो तिलकले प्राचीन संस्कृतिको रक्षा गरिरहेको छ । (पृ.१–२) यसरी नाटकभर राजसी ठाँटबाँटमा देखापरेका सिद्धार्थ अन्तिम अर्थात् बारौँ दृश्यमा उनी एउटा परिब्राजक अर्थात् संन्यासी वेशमा देखापरेका छन् ।

भित्री रूपमा सिद्धार्थ वैरागी र त्यागी मानसिकताका चरित्र हुन् । सानै उमेरदेखि उनले दरबारिया सुख–सुविधा भोगे र त्यसबाट वाक्कदिक्क भए । उनी संसारमा जताततै दुख मात्र देख्छन्, हिंसा मात्र देख्छन् । संसारलाई दुख, अशान्ति र हिंसाबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने बारे उनी चिन्तित देखिन्छन् । उनको ध्यान व्यक्तिगत सुखसुविधातिर छैन । उनी आमोद–प्रमोदका खोजीमा छैनन्, उल्टै प्राप्त आमोद–प्रमोदका अवसरलाई उपयोग–उपभोग गर्नबाट समेत विमुख हुन्छन् । तरुनी स्वास्नीको कामोन्मत्त कुराहरूबाट सिद्धार्थ कत्ति पनि आकर्षित हुँदैनन् । ध्यानी जस्तो भएर दर्शनका कुराहरू मात्र मनमा खेलाइरहन्छन् । यशोधरा प्रेम–रसले उन्मत्त भएर कुरा गर्छिन्, सिद्धार्थ वैराग्य रसले ठण्डा भएर जवाफ दिन्छन्, सिद्धार्थ नयाँ दुलहीबाट क्रमशः आफूलाई अलग गर्दै लैजान्छन् (गौतम, २०४३ः२०–२१)। आÇनो अभीष्ट प्राप्तिका लागि उनले माता, पिता, पत्नी, पुत्र र राजकीय सुखसुविधा समेत परित्याग गरेका छन् । उनको त्याग व्यक्तिगत मामिला नभएर बृहत्तर मानवहितका लागि रहेको छ ।

सिद्धार्थ निकै सोचविचार गरेर निर्णय लिन्छन्, तर आÇनो निर्णयमा दृढ देखिन्छन् । हरेक चरणमा आफैँ निर्णय गर्ने र एकपटक निर्णय लिएपछि जस्तोसुकै परिणाम भए पनि पछि फर्केर नहेर्ने उनको बानी छ । संन्यासीलाई देखेपछि संन्यास लिने प्रण गरेका सिद्धार्थ बाबु, आमा, यशोधरा, राहुल, राजकीय सुखसुविधा सबैलाई त्यागेर उनी महाभिनिष्क्रमण गरिछाड्छन् । त्यसैले उनी दृढनिश्चयी छन् ।

जीवन–चेतनाका दृष्टिले सिद्धार्थ स्थिर चरित्र हुन् । नाटक थाल्दा उनको विचार जस्तो देखिन्छ, नाटकको मध्य र अन्त्यमा पनि उस्तै देखिन्छ । शुद्धोदनका कुनै पनि युक्तिले मोह, मायाले उनलाई उनको निर्वाणपथलाई रोक्न सकेको छैन ।

उनी सकारात्मक तथा अनुकूल चरित्र हुन् । उनी कसैलाई प्याच्च बोल्दैनन् । हरेक कुरामा कारण–कार्य सम्बन्ध खोज्छन् । आÇनो होइन, मानवमात्रको दुखको मुक्तिको उपाय खोज्न चाहन्छन् । एकाएक हिँडिदिए माता–पितालाई आघात पुग्ला भनेर विनम्रतापूर्वक अनुमति माग्छन् । छन्दकलाई पनि उत्तिकै माया गर्दछन् । सबैप्रति दयाभाव–मायाभाव राखेका छन् ।

सिद्धार्थ चिन्तनशील तथा अन्तरमुखी चरित्र हुन् । उनी मनोलोकमा रमाएका छन् । उनका साथीसँगाली छैनन् । उनी बगैँचा, कोठा, प्राड्डण जहाँ पनि एक्लै चिन्तन गर्न रुचाउँछन् । प्रकृतिमा, मानवजीवनमा आइरहने परिवर्तनको कर्ता र कारण उनी खोजिरहन्छन् । मानव–शरीरका अड्डले खासखास काम मात्र किन गर्दछन् भन्ने बारे पनि उनी सोचिरहन्छन् । उनी अन्तर्मुखी र चिन्तनशील पनि छन् ।

सिद्धार्थको चरित्रमा पाइने अर्को विशेषता हो– करुणा । घाइते हाँस देखेर उनमा करुणा जागेको छ । उनी कुनै पनि प्राणीको हिंसा देख्न सक्दैनन् । कसैको पनि दुख देख्न सक्दैनन् । उनलाई त कुनै दुख छैन, तर वार्धक्य, रोग र मृत्यु जस्ता दुख देखेर त्यसबाट उनी चिन्तामा परेका छन् । उनी अरूको दुखलाई आÇनै दुख ठान्दछन् ।

यसरी सिद्धार्थमा बहुविध चरित्र पाइन्छन् । उनमा वैराग्यवोध छ, करुणा छ, दृढनिश्चय छ । उनी अन्तर्मुखी र चिन्तनशील छन्, अनासक्त छन् । आÇनो विचारमा अडिग रहने हुँदा यिनी नाटकका स्थिर चरित्र देखापर्छन् ।

२.४.२ शुद्धोदनको चरित्रचित्रण

शुद्धोदन सिद्धार्थका पिता तथा शाक्यगणराज्य कपिलवस्तुका राजा हुन् । कपिलवस्तु गणराज्यका राजा भए तापनि जुनसुकै विषयमा स्वयम् निर्णय लिंदैनन् । उनी लोकतान्त्रिक छन् । देवदत्तद्वारा घाइते बनाइएको हाँस देवदत्तको कि त्यसलाई बचाउने सिद्धार्थको कसको हुने भन्ने विषयमा उनले आफैँ निर्णय लिएका छैनन् । मन्त्रीले निर्णय दिएका छन् । देवदत्तले ‘यस्ता ढुंगाका मूर्ति जस्ता राजा’ भनी अपमान गर्न खोज्दा त्यसलाई हाँसेर उडाइदिएका छन् । उनी सिद्धार्थलाई भोगविलासमा लगाउन विवाह गरिदिन चाहन्छन् र कन्या छनौट गर्न पुरस्कार दिवसको आयोजना गर्न लगाउँछन् ।

श्रावस्तीबाट प्रसेनजित्ले दूतद्वारा शाक्य कुमारीसित विवाह गरी शाक्य वंशसित सम्बन्ध स्थापित गर्न चाहेकोमा शाक्य कुमारी दिने कि नदिने कुराको निर्णय पनि उनी लिंदैनन् । मन्त्री र प्रजपतीसित परामर्श गर्दछन् र सन्थागारमा निर्णयार्थ पेस गर्ने व्यवस्था मिलाउँछन् ।

सिद्धार्थले आÇनो चित्त उदास भएकाले प्रमोद–भवनबाट बाहिर घुम्न चाहेको प्रस्ताव अघि सार्दा उनले नगरपरिक्रमाको बन्दोबस्त गर्न लगाइदिएका छन् । यशोधरा गर्भवती भएको सूचना पाएर उनी निकै प्रसन्न भएका छन् । यसबाट सिद्धार्थ सुर्केनी पासोमा पर्छन् भन्ने उनले अपेक्षा गरेका छन् ।

सिद्धार्थले यो संसारको सुखभोग मुखमा मह भएको नामको घडा रहेछ, जति भित्र हात हाल्यो उति तीतो कलविष रहेछ भन्दा प्रजापती मूच्र्छित हुन्छिन् शुद्धोदन अवाक् हुन्छन् ।

शुद्धोदन तर्कशील छन् । सिद्धार्थले अब मेरो स्थानमा अर्को आइसकेपछि अब मेरो केही काम छैन भनी गृहत्याग गर्न अनुमति माग्दा शुद्धोदनले पनि यही तर्क अगाडि सारेर सिद्धार्थलाई निरुत्तर बनाएका छन् ।(पृ.९२)

गृहत्याग गर्न खोजेका सिद्धार्थलाई रोक्न शुद्धोदनले तिमी जे चाहन्छौ म यहीँ सब ल्याइदिन्छु भने । सिद्धार्थले चार कुरा मागे–बूढो नहुने, रोग नलाग्ने, नमर्ने र सदैव परिब्राजकको जस्तो अपार शान्ति र आनन्द भइरहोस् । यस सम्बन्धमा शुद्धोदनको स्पष्ट धारणा छ– यी प्राकृतिक कुरा हुन्, जुन देवतालाई पनि सब प्राप्त सक्दैनन् । (९४)

शुद्धोदन सिद्धार्थलाई रोक्न आÇनो सिंहासन दिन तयार छन्, तर गृहत्याग गर्ने अनुमति दिन सक्दैनन् । उनी वाण हान्न खप्पिस छन् । आफू युवावस्थामा छँदा सातवटा वाण प्रहार गरेर उडिरहेका छवटा हाँस खसालेको बताउँछन् ।(पृ.१४)

उनी केही जाने सिद्धार्थ संन्यासी भए आÇनो कुलमा ठूलो कलड्ढ लाग्ने बताउँछन् । शुद्धोदन आÇनो राज्य, पुत्र, पौत्र, पत्नी र प्रजामाथि विश्वास गर्दछन्, तिनलाई माया गर्दछन् । यिनी पटकपटक नस लिइरहन्छन् ।

यसरी हेर्दै जाँदा शुद्धोदन आदर्श राजा, आदर्श पनि, आदर्श पिताका रूपमा देखापर्छन् । उनी शाक्य गणराज्यको सुख–समृद्धिका लागि दत्तचित्त छन् । बुढेस कालमा पाएको एउटा उत्तराधिकारी छोरा सिद्धार्थ वितरागी हुन लागेकोमा उनी चिन्तित छन् र सिद्धार्थलाई रोक्न असफल–असक्षम छन् ।

२.४.३ यशोधराको चरित्रचित्रण

यशोधरा सिद्धार्थ गौतमकी धर्मपत्नी तथा शुद्धोदनकी पुत्रवधु हुन् । १६ वर्षकी यशोधरा मझौला कदकी पातलो कम्मर भएकी गहुँ गोरो वर्णकी छन् । मञ्चनिर्देशन (पृ.२९–३०) लेखकले यशोधराको बाह्य व्यक्तित्वको वर्णन गरेका छन् ।

सिद्धार्थ यशोधराको शीलस्वभाव, बोलीवचन र व्यवहारबाट प्रभावित छन् । सिद्धार्थले हाम्रो इक्ष्वाकु कुलमा सत्यमा हरिश्चन्द्र, आदर्शमा रामचन्द्र भए झैँ प्रेममा को होला भनी सोध्दा यशोधराले ‘हजुर पूर्णचन्द्र’ भनी बताएकी छन् । उनका विचारमा दम्पतीको लाज त हरेक दिन सूर्यले लिएर गएका हुन्छन् । (पृ.३१)

यशोधराले वर्षायाममा प्रणय–प्रस्ताव गर्दा सिद्धार्थ पानी कसरी किन पर्छ भनी विचारमा निमग्न भएपछि यशोधराले आÇनो जीवन पशुको भन्दा पनि गएगुज्रेको बताउँछिन् । उनी भन्छिन्– पशुभन्दा नीच भयौँ । यो झमझम झरी, पशु पनि ऐले वन जङ्गल कुनै रूखको ओतमा भाले पोथी सँगसँगै बसेका होलान् । हामी त मानिस भएर पनि पंक्षी जस्ता भयौँ – रातमा अलग भएर बस्नुपर्ने ! चखेवा–चखेवी जस्ता ¤ (पृ.३९) यसबाट उनमा आम नारीमा जस्तै प्रेमभाव रहेको देखिन्छ । उनी चरित्रवान् छन् । उनमा कुनै किसिमको घमन्ड देखिँदैन ।

२.४.४ प्रजापतीको चरित्रचित्रण

प्रजापती नाटकमा धेरै पछिमात्र देखा परेकी छन् । नाटककी सहायक पात्र प्रजापती शुद्धोदनकी महारानी, सिद्धार्थकी ममतामती माता हुन् । शुद्धोदनकी अर्धाड्डिनी प्रजापती उनलाई सरसहयोग र परामर्श दिन्छिन् । उनी चरित्रवान् छन् । चौथो दृश्यमा, श्रावस्तीबाट प्रसेनजित्ले शाक्य कुमारीसित विवाह गर्ने आएको प्रस्ताव उपर राजा शुद्धोदन र मन्त्री परामर्श गरिरहँदा यिनी पनि परामर्शमा सहभागी हुन्छिन् र एउटी कुमारी दिनुपर्ने राय पेस गर्दछिन् । नजिकको आफूभन्दा बलियो राज्यसित मित्रता राख्नमै कल्याण छ भन्ने उनको तर्क छ । (पृ.४२)

सिद्धार्थको वितरागी प्रवृत्तिप्रति यिनी विज्ञ र सचेत छन् । सिद्धार्थले गृहत्याग गर्न अनुमति मागेको सुनेर यिनी लœयाकलुत्रुक भएकी छन् । उनले सिद्धार्थलाई रोक्ने प्रयत्न गरेकी छन् । ‘तिमीले जान हुँदैन, बरु सिंहासन माग्न भनेकी छन् । (पृ. ९५)

यसरी यस नाटकमा सिद्धार्थ गौतम, शुद्धोदन, प्रजापती, यशोधरा, मन्त्री, छन्दक, दासी, देवदत्त, बूढो, रोगी, संन्यासी, माली, चोबदार, द्वारपालहरू, नर्तकीहरू, चोर, रक्सीबाज, राहुल आदि उल्लेख्य पात्रहरू रहेको पाइन्छ ।

२.५ परिवेश

यो ऐतिहासिक कथावस्तुमा आधारित नाटक भएकाले यसको परिवेश पनि सोही अनुकूलको रहेको पाइन्छ । परिवेशसूचक प्रमुख स्थान यहाँ कपिलवस्तु रहेको छ । कपिलवस्तु शाक्य गणराज्य हो । यहाँ यसको उल्लेख छ । नाटक परिवेश प्रधान छैन । कपिलवस्तु गणराज्यको दरबार, प्राड्डण, शयनागार, प्रसूतिगृह, मूल द्वार, बगैँचा, अलिक परेको बगैँचा, नगर र अनोमा नदीको बगरको सेरोफेरोमा यो नाटक उभिएको छ । यहाँ कोशल, मगध, श्रावस्ती, पाटलीपुत्र आदि ठाउँ र राज्यको नाउँको उल्लेख छ ।

यहाँ कपिलवस्तुको सुख–समृद्धि र सौन्दर्यको वर्णन गरिएको छ । दसौँ दृश्यमा दोस्रो द्वारपाल कपिलवस्तुको समृद्धिको वर्णन यसरी गर्छ– “हाम्रो कपिलवस्तु त स्वर्ग न हो । जताततै तलाउ छ, बगैँचा छ, फूलबारी छ । हावापानी उस्तै असल छ ¤ जता हे¥यो रमाइलो, दूध दहीको छेलोखेलो छ, मान्छे सबै इमानदार, हृष्टपुष्ट, सधैँ तरुना र राम्रा छन् । हेर् न असी वर्ष नाघेका राजा पचासका जस्ता देखिन्छन्, सत्तरी पुग्न लागेकी महारानी चालीसकी जस्ती । (पृ.११०)

कपिलवस्तु सात पर्खालले घेरिएको छ । दोस्रो द्वारपाल भन्छ– “सात पर्खालले घेरिएको यो हाम्रो कपिलवस्तुमा के छैन ? यता धनुकाँण हान्ने, खड्ग चलाउने, भाला मार्ने, कुस्ती खेल्ने, सबै थरीको युद्ध सिकाउने युद्धशाला छ† उता आम्रोद्यानमा जस्तो किसिमको सीप सिकूँ भने पनि त्यत्रो बडेमा शिल्पशाला छ । राजगृह जाऊँ भने पनि, श्रावस्ती जाऊँ भने पनि, वैशाली जाऊँ भने पनि, पाटलीपुत्र जाऊँ भने पनि चौडा मूल बाटो यहीँबाट गएको छ । फेरि यहाँ भूतप्रेत पस्न सक्दैनन्ः तांत्रिकले सारा राजधानीलाई नै तंत्रले बाँधेको छ । उत्तरतिर सेतो हिमालको पङ्क्ति छ । त्यस्तो अंधवन छ । के छैन यहाँ ? के कमी छ यहाँ ? (पृ.१११)

समयावधिका दृष्टिले प्रस्तुत नाटक इ.पूर्व छैठौँ शताब्दीको देखिन्छ । यहाँ सिद्धार्थ १६ वर्ष भएदेखि २९ वर्ष सम्मका उनीसम्बद्ध घटना–प्रसड्ड छन् । उनी राजकुमार भएकोले सबै घटना–प्रसड्डहरू उनकै सेरोफेरोमा घुमेका छन् । तसर्थ यहाँ विस्तृत–व्यापक सामाजिक अवस्थाको चित्रण छैन ।

कपिलवस्तु गणराज्यको निर्णय–प्रक्रिया, पाँच सय सदस्य भएको सन्थागार, मगध, कोशलसितको सम्बन्ध, राज्य–राज्यका बीचको तनाव कम गर्दै नवीन सुमधुर सम्बन्ध कायम गर्न गरिने वैवाहिक सम्बन्ध आदिलाई पनि यहाँ देखाइएको छ ।

यो ऐतिहासिक नाटक भएकाले यसले सोही बमोजिमको परिवेश पनि पाएको छ । राजा र प्रजा सबै मिलेर हलो जोत्ने प्रसड्डले तत्कालीन कृषि–जीवनको महŒवलाई झल्काएको छ । दोस्रो कुरा यहाँ सिकार खेल्ने प्रसड्ड छ । देवदत्तले हाँसको सिकार गरेका छन् । राजा शुद्धोदनले आफू युवावस्थामा हुँदा सातवटा वाणले उड्दै गरेका छवटा हाँसलाई खसालेको बताएका छन् । तिनताकाका मानिसहरूको दिनचर्याको एक अड्ड सिकार खेल्नु हुन्थ्यो । त्यसलाई पनि नाटकले देखाएको छ । यहाँ सम्पन्न बगैँचाको पनि प्रसड्ड छ । शाक्य गणराज्यको लोकतान्त्रिक निर्णय प्रक्रियाको पनि प्रसड्ड छ । यस्ता प्रसड्डले नाटकको परिवेश जीवन्त बनेको देखिन्छ ।

यसरी यस नाटकमा त्यस बेलाको परिस्थितिको चित्रण गरिएको छ । ऐतिहासिक कथावस्तुमा आधारित यस नाटकमा सोही अनुकूलको परिवेश रहेको छ । कपिलवस्तु गणराज्य, दरबार, प्राड्डण, शयनागार, प्रसूतिगृह, मूल द्वार, बगैँचा र अनोमा नदीको बगर आदिको सेरोफेरोमा यस नाटकको परिवेश रहेको छ ।

२.६ अभिनय र रड्डमञ्च

सिद्धार्थ गौतम नाटक पाठ्यनाटक नभएर एउटा सशक्त सफल मञ्चीय नाटक हो । तिवारी रड्डमञ्चसचेत नाटककार हुन् र उनले प्रत्येक नाटक मञ्चनकै प्रयोजनबाट लेखेको देखिन्छ (उपाध्याय, २०५६ः१४५) । उनका अरू नाटक जस्तै यो नाटक पनि अभिनय तथा मञ्च व्यवस्थापनका दृष्टिले उपयुक्त छ । यहाँ देवदत्तले उड्दाउड्दैको हाँसलाई हानेको दृश्य देखाइएको छैन, सिद्धार्थका अगाडि वाण लागेको हाँस खस्न आइपुगेको देखाइएको छ, ‘पुरस्कार दिवस’को प्रसड्ड देखाइएको छैन, संवादद्वारा जनाइएको छ, हलो जोतेको देखाइएको छैन, सिद्धार्थको एकालापबाट थाहा पाइन्छ, कपाल खौरदाको–राजसी वस्त्राभूषण उतार्दाको दृश्य देखाइएको छैन, कपाल खौरिसकेको संन्यास वेशको सिद्धार्थलाई भने देखाइएको छ । मञ्चसचेत नाटककार तिवारीले नाटकमा यथास्थान मञ्च निर्देश गरेका छन् । नाटकमा जेजति घटना–प्रसड्ड छन्, ती सबै अभिनेय छन् । तसर्थ अभिनय र रड्डमञ्चका दृष्टिले प्रस्तुत नाटक उपयुक्त देखिन्छ ।

सिद्धार्थ १६ वर्ष भएदेखि २९ वर्ष हुँदासम्मका १३ वर्षको समयको अन्तराल देखाइएको र राजभवन–बगैँचा–अनोमा नदीको बगर जस्ता धेरै ठाउँका घटना–प्रसड्ड आएकाले समयान्विति र स्थानान्वितिका दृष्टिले भने प्रस्तुत नाटक कमजोर छ । तथापि रड्डमञ्च र अभिनयका दृष्टिले प्रस्तुत नाटकको नाट्यसंरचना उत्कृष्ट देखिन आउँछ । नाटक अभिनेय वा अभिनयोचित छ ।

२.७ भाषाशैली

सिद्धार्थ गौतम नाटक २०१३ मा नेपाली भाषामा लेखिएको नाटक हो । यसमा जुन भाषाको प्रयोग भएको छ, त्यो सामान्यतया सरल र सहज रहेको छ । नाटक दृश्य विधा तथा आम जनमुदायका बीचमा प्रदर्शन गरिने प्रदर्शनकारी भाषिक कला भएकाले नाटकका पात्रको स्तर र प्रसड्डअनुकूलको भाषिक प्रयोगको अपेक्षा गरिन्छ । यस नाटकमा पात्रको स्तरअनुरूपको भाषाको प्रयोग भएको पाइन्छ ।

दासी, द्वारपाल, सारथि, चोबदार, नागरिकहरूको भाषिक प्रयोग वा संवादको भाषा सरल र सहज छ । आर्थिक–सामाजिक दृष्टिले यी पात्रहरू निम्नवर्गीय पात्रहरू हुन् । दोस्रो दृश्यमा छन्दक र दासीका बीचको संवादको भाषा र दसौँ दृश्यमा द्वारपालहरूका बीचको संवादको भाषालाई हे¥यो भने यो कुरा स्पष्ट हुन्छ ।

(क) दोस्रो दृश्यमा दासी– अर्काकी स्वास्नी भएर जानुभन्दा महारानीकै दासी भएर बस्नुमा इज्जत पनि छ, सुख पनि छ । (पृ.२३)

(ख) दसौँ दृश्यमा चौथो द्वारपाल– त्यो त था छैन । हामी जाबा पालेलाई कल्ले साबुत कुरो गर्छ र ? (पृ.१०८)

(ग) त्यहीँ दोस्रो द्वारपाल– क्यै न क्यै कुरा प¥या निस्से छ । यसै था भो नि, दरबारभित्र चार, बाहिर चार, जम्मा आठ जागा रहिरहेकोमा ऐले भित्र आठ, बाहिर आठ जम्मा सोह्र जना जागा रहनुपर्ने भो । क्यै नप¥या भे यस्तो किन दुगुनि न्थ्यो ¤ (पृ.१०८)

यहाँ दासी र द्वारपालहरूको संवादको भाषा सरल र सहज छ । यस्ता उदाहरणबाट निम्नवर्गीय पात्रहरूले कथ्य बोलीको प्रयोग गरेको पाइन्छ । तिनीहरू राजदरबारमा काम गर्दछन्, तसर्थ राजा, रानी, राजकुमार आदिका बारेमा उनीहरूले बोल्दा भने दरबारिया भाषिकाको प्रयोग गर्दछन् । केही झर्रा शब्दको प्रयोग पनि यहाँ पाइन्छ ।

दरबारमा अन्य उच्चस्तरका पात्रहरू भने उच्च स्तरयुक्त र काव्यात्मक भाषाको प्रयोग गर्दछन् । स्तरयुक्त भाषिक प्रयोगका केही उदाहरण —

(क) देवदत्त– हजुरलाई समाजको नियम नै थाहा छैन । के हुन्छ, के हुँदैन । भवनको परिधिबाट कहिले बाहिर निस्कनुभएको छैन, केही देख्नुभएको छैन, केही सुन्नुभएको छैन । ऐस–आरामको, भोग–विलासको कुरा थाहा छ हजुरलाई, त्यत्ति हो । (पृ.७)

(ख) मन्त्री– राजन् ¤ मेरो धृष्टता क्षमा रहोस् यति सानो कुरामा न्यायाधीशहरूलाई किन डाकौँ ? यदि आज्ञा हुन्छ भने– मैले पनि त लगातार बाह्र वर्षसम्म न्यायालयमा बसेर काम गरेको छु– मै निष्पक्ष फैसाला गरिदिन सक्छु, नजर होस् । (पृ.१०)

यी उदाहरणमा ‘हजुर’, ‘राजन्’, ‘धृष्टता क्षमा रहोस्’, ‘आज्ञा हुन्छ भने’ र ‘नजर होस्’ जस्ता पद–पदावलीको प्रयोगबाट यहाँ दरबारिया उच्चस्तरीय काव्यात्मक भाषाको प्रयोग भएको देखिन्छ ।

यस नाटकमा आलड्ढारिक भाषाको पनि प्रयोग भएको छ । जस्तै ः

(क) उनको चित्त नै भोगविलासतिर छैन, एकलासतिर, कैलासतिर छ । (पृ.४९)

(ख) तिमी हाम्रा धु्रवतारा, तिमी हाम्रा एक मात्र सहारा, प्यारा, हामीलाई छाडेर तिमी गइदियौ भने हाम्रो हृदय सूर्य फुटेर टुक्रा टुक्रा भएर खसे झैँ हुनेछ । (पृ.९१)

यहाँ आलड्ढारिक भाषाको प्रयोग भएको छ । (क) मा ‘भोगविलास’, ‘एकलास’ र ‘कैलास’मा तथा (ख) मा ‘धु्रवतारा’, ‘सहारा’ र ‘प्यारा’मा अनुप्रास अलड्ढार छ । ‘खसे झैँ’मा उपमा अलड्ढार छ । नाटकमा यस्ता उदाहरण ठाउँठाउँमा भेट्टाउन सकिन्छ । यस्ता उदाहरणबाट नाटकको भाषा स्तरयुक्त, उत्कृष्ट, आलड्ढारिक, सरल र स्वाभाविक रहेको प्रस्ट हुन्छ ।

३. बुद्धको जीवनीका आलोकमा सिद्धार्थ गौतम नाटक

नाटककार भीमनिधि तिवारीद्वारा रचना गरिएको सिद्धार्थ गौतम (२०१३) नाटक सिद्धार्थको समग्र जीवनको होइन, अपितु जीवनका केही अंशको नाटकीकरण मात्र हो । यस नाटकमा सिद्धार्थको बाल्यकाल पनि छैन र बुद्धत्व प्राप्ति आदि पनि छैन । सिद्धार्थ १६ वर्ष भएदेखि २९ वर्षको उमेर सम्मका अर्थात् देवदत्तद्वारा घाइते तुल्याइएको हाँस बचाएको प्रसड्डदेखि महाभिनिष्क्रमणका मुख्यमुख्य घटना–प्रसड्डमा यो नाटक तयार भएको छ । तसर्थ यस नाटकलाई सिद्धार्थ वा बुद्धको समग्र जीवनको होइन, यही बीचको अंशसित मात्र दाँजेर हेर्नु उपयुक्त हुनेछ । अवश्य नै बुद्धको जीवनी र इतिहासका सबै पुस्तकमा कतिपय घटना–प्रसड्ड र तिथिमितिमा समानता पाइँदैन, तथापि मूलभूत प्रसड्ड र घटनामा भने समानता नै पाइन्छ । यहाँ आम रूपमा प्रचलित खास–खास घटना–प्रसड्डलाई आधारित बनाएर त्यसैसित दाँजेर हेर्ने प्रयत्न गरिन्छ ।

सिद्धार्थ गौतम नाटक हो, साहित्य हो भने सिद्धार्थ वा बुद्ध इतिहास पुरुष । इतिहास सत्यतथ्यमा आधारित हुन्छ, विवरणात्मक र रुखो हुन्छ भने साहित्य सरस र चोपिलो वा रसयुक्त हुन्छ । उही विषय वा विचारलाई इतिहासमा पढ्नु र साहित्यमा पढ्नु ठूलो अन्तर छ । त्यसलाई तिवारीले यहाँ पुनर्पुष्टि गरेका छन् । यस सम्बन्धमा समालोचक कृष्ण गौतम लेख्छन् ः सिद्धार्थको जीवनी मानिस इतिहासबाट पनि पढ्न पाउँछ, तर इतिहासमा कलात्मकता वा रसबोध नहुने हुनाले त्यसबाट कुनै पनि व्यक्ति वा वस्तुको रुखो बोध मात्र हुन्छ । कलाकृतिको विशेषता के हो त्यो वस्तु वा व्यक्तिको बाहिरी रूप र रड्डबाट भित्रसम्म पनि घुम्न सक्दछ र वस्तु वा व्यक्ति समष्टिको बोध गराउन समर्थ हुन्छ .... (गौतम, २०४३ः२४) । यो नाटक सिद्धार्थको जीवनवृत्तका केही घटना–प्रसड्डमा आधारित छ । यी सिद्धार्थ नै पछि आÇनै कर्म र व्यवहारले गौतम बुद्धमा रूपान्तरित भएका हुन् ।

इतिहासमा सिद्धार्थले नगर–परिक्रमा गर्ने क्रममा वृद्ध, रोगी, मृतक र संन्यासीलाई देखेपछि उनमा वैराग्य आएको पाइन्छ । एकाएक यस्तो वैराग्य कसरी आयो ? इतिहासमा यसको उत्तर छैन । नाटककार तिवारीले यस नाटकमा यसको चित्तबुझ्दो, जवाफ दिएका छन् । यहाँ सिद्धार्थ सुरुदेखि नै अहिंसाका पक्षपाती, सबैप्रति माया ममता र करुणा राख्ने व्यक्तित्वका रूपमा देखाइएको छ । घाइते हाँस देखेर उनमा करुणा जागेको छ । उनले प्रकृतिमा देखापरिरहने परिवर्तनको कर्ता र कारण बारे सोचविचार गरेका छन् । त्यसैले नाटकका अनुसार सिद्धार्थमा वैराग्य एक्कासि आएको होइन, त्यो क्रमिक विकासको उपज हो ।

नाटकमा सिद्धार्थले नगरपरिक्रमामा जाँदा देखेको संन्यासीको चेहरामा शान्ति र धैर्यको समन्वय देख्छन् । ‘यस्तो जीवन पो जीवन ¤’ उनी ठान्छन् । उनको वैराग्यबोधलाई संन्यासीको दर्शनले बल्दो दियोमा घिउ थप्ने काम गरेको छ र उनी शान्ति र मुक्तिका लागि सोही बाटो रोज्न पुगेका छन् ।

सिद्धार्थ त्यतिको उमेरसम्म आइपुग्दा पनि उनले बृद्ध, रोगी र शव वा मृतकलाई नदेखेको प्रसड्ड इतिहासबाट बुझिन्छ, तर किन देखेनन् ? यसको कुनै जवाफ पाइँदैन । प्रस्तुत नाटकमा यसको चित्तबुझ्दो र स्वाभाविक उत्तर पाइन्छ । ज्योतिषीको भविष्यवाणी झैँ उनी परिव्राजक नबनून् भनेर सतर्कता अँगालिएको छ । उनलाई कतैबाट वैराग्यबोध हुन नपाओस् भनेर सानैदेखि बूढाबूढी, रोगी, अशक्त, कुरूपहरूलाई उनका अगाडि पर्नै दिइएको थिएन । छन्दकले कुरा खोलेको छ ः “भवनको पछाडि एउटा छुट्टै लङ छ । जति बूढाबूढी हुन्छन् ती सब त्यहीँ राखिन्छन्† यसतर्फ आउन कुनै हालतमा पनि पाउँदैनन् । तिनीहरूलाई खानापिना सब कुराको बन्दोबस्त त्यहीँ मिलाइएको हुन्छ ।” (पृ.५८) अनि सिद्धार्थ सोध्छन्– ओहो ¤ मेरो अगाडि यस्तो पर्दा टाँगिएको छ ¤ यो मलाई आजसम्म थाहा थिएन ¤ (पृ.५९)

नगरपरिक्रमामा पनि त्यस्तो नहुन उर्दी जारी गरिएको थियो । बूढाले कान नसुन्ने र आँखा नदेख्ने हुनाले उसले उर्दी थाहा पाउन सकेनछ, ढुण्डी पिटेको देखेनछ । जहानपरिवार पनि कोही नभएको माग्ने भएकाले ऊ माग्न निक्लेछ र सिद्धार्थका नजरमा पर्न गएछ । रोगी रोगको पीडाले आर्तनाद गर्दा सिद्धार्थले देखिहालेछन् –सुनिहालेछन् । शव र जन्तीलाई रोक्ने उर्दी थिएन । संन्यासीलाई राजाज्ञाको के मतलब ¤ राजा शुद्धोदनले मन्त्रीसित त्रुटि हुनाको कारणबारे स्पष्टीकरण लिएका छन् । यहाँसम्म कि सिद्धार्थका मातापिता शुद्धोदन–प्रजापतीले कठोर संयम गरी आÇना अनुहारमा वृद्धत्वको छाप र छाया पर्न दिएका थिएनन् । त्यो कति व्यावहारिक र सम्भव थियो, त्यो अलग प्रश्न हो, तापनि नाटकले एउटा तर्क अगाडि सारेको छ । यस्तो तारतम्य इतिहासमा भेटिँदैन ।

नाटकको दसौँ दृश्यमा द्वारपालहरूले आपसमा गफ गर्दा कोशल नरेशले विवाहका लागि शाक्य कन्या मागेकोमा कपिलवस्तुकी मठ्याहा कन्या दिएको उल्लेख छ, तर तिनको नाम थाहा पाउन सकिँदैन । नाटकमा प्रजापती सिद्धार्थकी जन्मदात्री माता नभएर विमाता÷सानिमा भएको, यिनैले पालनपोषण गरेको, यिनकै थर गौतमीबाट सिद्धार्थको थर गौतम राखेको आदि प्रसड्डहरू भने छैनन् ।

सिद्धार्थको विवाहका लागि कन्याको छनौट गर्ने सवालमा नाटकमा पुरस्कार दिवसको आयोजना गरी यादृच्छिक रूपमा यशोधराको चयन भएको देखिन्छ, तर इतिहासमा मायादेवीका भाइ राजा सुप्रबुद्धकी छोरी राजकुमारी यशोधराको चयन भएको देखिन आउँछ । यस हिसाबले यशोधरा मामाकी छोरी रहेको प्रस्ट हुन आउँछ । नाटकमा सिद्धार्थ जन्मेपछि उनलाई हेर्न आउने, ऋषिको नाम कालदेवल भनी उल्लेख छ भने अन्यत्र असित (उपाध्याय, सन् १९८०ः३) भनिएको छ । सिद्धार्थलाई कुनै पनि प्राणीको दुखपूर्ण घटनाले गहिरो प्रभाव पार्छ । यसको मूल कारण सानैमा आमाबाट बिछोड हुनु हो (उपाध्याय, सन् १९८०ः४) । सिद्धार्थ वैरागी हुनुमा यो एउटा मनोवैज्ञानिक कारण उपयुक्त देखिन्छ । नाटकमा यस्तो प्रसड्ड छैन ।

यसरी हेर्दै जाँदा नाटककार तिवारीले यस नाटकमा सिद्धार्थ गौतमका जीवनवृत्तका केही घटना–प्रसड्ड मात्र लिएर बडो मौलिक ढड्डले नाटकीकरण गरेका छन् । केही अंश जोडजाड गरी नाटकलाई सुरुचिपूर्ण बनाएका छन् । यति भईकन पनि नाटकमा बुद्ध धर्मदर्शनका मूल्यमान्यतामा प्रतिकूल भएको छैन । यो तिवारीको नाट्यकलाको परिचायक हो ।

४. निष्कर्ष

सत्य, शान्ति र अहिंसाका उच्चतम विचारका संवाहक महामना सिद्धार्थ गौतमका जीवनका केही प्रसड्ड उनका विचार र व्यवहारलाई यहाँ नाटककार तिवारीले नाटकीकरण गरेका छन् । रड्डमञ्चका दृष्टिले यो नाटक सफल छ । यसको भाषा सरल–स्वाभाविक छ । जनताका लागि वा लोकका बीचमा प्रदर्शन गर्न तयार पारिएको यस नाटकमा सिद्धार्र्थ गौतमका विचारलाई सरलतापूर्वक र सफलतापूर्वक प्रस्तुत गरिएको छ । नाटककार तिवारीले उच्च विचारलाई जटिल तुल्याएर नभई सरल तुल्याएर अगाडि सारेका छन् । इतिहासबाट विषय चयन गरिए पनि प्रस्तुत नाटक एक मौलिक र उच्च कलात्मकताले युक्त छ । इतिहासमा देखिएका सिद्धार्थ यस नाटकमा केही भिन्न रूपमा उभ्याइएका छन् । तथापि बुद्ध धर्म, बुद्ध दर्शन र मूल्यमान्यतामा कहीँ कतै प्रतिकूल भएको देखिंदैन । अतः यो नाटककार तिवारीको उच्च नाट्यकौशल तथा सुझबुझको परिणति हो भन्न सकिन्छ ।

नेपालीमा पारसमणि प्रधानको बुद्धचरित्र नाटक (१९८१), भीमनिधि तिवारीको सिद्धार्थ गौतम (२०१३) नाटक, मोदनाथ शास्त्रीको बुद्धचरित्र (२०५६) खण्डकाव्य, मोदनाथ प्रश्रितको बुद्ध र चण्डाल युवती (२०५८) गीतिनाटक, नरेन्द्र पराशरको बुद्धबोध (२०६२), चन्द्रप्रसाद न्यौपानेको गौतम बुद्ध (२०६५) महाकाव्य, कपिल लामिछानेको कर्मले बने बुद्ध (२०६६) बालचित्रकथा, लक्ष्मीनाथ अधिकारीको शान्तिदूत महाकाव्य (२०६७), कविताराम श्रेष्ठको महाभिनिष्क्रमणका अस्वीकृत पाइला (२०६७) उपन्यास, खेमराज आत्रेयको हाम्रो लुम्बिनी – हाम्रो देवदह (२०६७) कवितासङ्ग्रह आदि नेपालीमा उपलब्ध बौद्ध साहित्यका रूपमा देखिएका छन् । यीमध्ये पारसमणि प्रधानको बुद्धचरित्र नाटक (१९८१) अनुपलब्ध छ । यसरी नेपालीमा बुद्ध र बुद्धसम्बद्ध विषय–प्रसङ्ग र चरित्रलाई लिएर साहित्य सिर्जना भएको पाइन्छ भने सर्वसुलभ रूपमा उपलब्ध कृतिका दृष्टिले तथा नाट्यकृतिका दृष्टिले भीमनिधि तिवारीको सिद्धार्थ गौतम प्रथम स्थानमा रहेको छ । प्रस्तुत नाटक नाट्यतŒव तथा बुद्धतŒव दुवै दृष्टिले मौलिक सबल, उच्च र उत्कृष्ट नाट्यकृति रहेको छ ।

सन्दर्भसूची:-

अधिकारी, लक्ष्मीनाथ, २०६७, शान्तिदूत महाकाव्य, लुम्बिनी ः अन्तर्राष्ट्रिय बौद्ध समाज ।

आत्रेय, खेमराज, २०६७, हाम्रो लुम्बिनी – हाम्रो देवदह, अमेरिका ः सिर्जना गिरी ।

उपाध्याय, केशवप्रसाद, २०५६, ‘भीमनिधि तिवारीको नाट्यप्रवृति’ नाटकको अध्ययन, ललितपुर

ः साझा प्रकाशन, पृ. १३६–१५७ ।

उपाध्याय, देवेन्द्रराज (अनु.), सन् १९८०, भगवान् बुद्धका उपदेश, टोकियो ः बुक्क्यो देन्दो क्योकाई।

गौतम, कृष्ण, २०४३, ‘सिद्धार्थ गौतम एक नाटकीय अभिव्यक्ति’ भीमनिधि तिवारी–स्मृति ग्रन्थ (१),

काठमाडौँ ः तिवारी साहित्य समिति, पृ.१४–२१ ।

तिवारी, भीमनिधि, २०२४, सिद्धार्थ गौतम, तृतीयावृत्ति, काठमाडौँ ः साझा प्रकाशन ।

तिवारी साहित्य–समिति, २०४३, भीमनिधि तिवारी स्मृति ग्रन्थ, काठमाडौँ ः तिवारी साहित्य

समिति ।

थनेत, मझिलाल थारु, २०६८, थारु जाति र बुद्ध धर्म, नवलपरासी ः लेखक स्वयम् ।

भट्टराई, घटराज, २०३२, भीमनिधि ः व्यक्ति र कृति, काठमाडौँ ः साझा प्रकाशन ।

राई, इन्द्रबहादुर, सन् १९८४, दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी, दार्जिलिङ ः साझा

पुस्तक प्रकाशन ।

लामिछाने, कपिल, २०६६, कर्मले बने बुद्ध, काठमाडौँ ः बालसंसार प्रा.लि. ।

लामिछाने, कपिलदेव, २०६७ ‘शान्तिदूत महाकाव्यको सान्दर्भिकता’ जनमत, भाद्र, पूर्णाड्ढ १५७, पृ.. ।

वज्राचार्य, शान्तालक्ष्मी, २०३९ “भीमनिधि तिवारीको नाट्यकारिताको विश्लेषण र मूल्याड्ढन” त्रि.वि., नेपाली केन्द्रीय विभागमा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र (अप्र.) ।

शास्त्री, मोदनाथ, २०५६, बुद्धचरित्र, बुटवल ः कर्णबहादुर कार्कीं ।

शर्मा, तारानाथ, २०३९ नेपाली साहित्यको इतिहास, दोस्रो संस्क., काठमाडौँ ः सड्ढल्प

प्रकाशन ।

श्रेष्ठ, दयाराम सम्भव, २०४१, नेपाली साहित्यका केही पृष्ठ, द्वितीय संस्क., काठमाडौँ ः साझा

प्रकाशन।

श्रेष्ठ, दयाराम सम्भव र मोहनराज शर्मा, २०४०, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास,

द्वितीय संस्क., काठमाडौँ ः साझा प्रकाशन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।