च्वास्स मुटु दुख्दो रैछ आफ्नै मान्छे टाढी दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा
बैँस बगी टाढा पुग्यो जीन्दगीको हिउँदसगै
बिरक्तिन्छु सुनसानमा उदासिने यो बताससँगै
जीवन भारी हुँदो रैछ आफ्नै मान्छे टाढी दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा
वेदनमा पिल्सिएर एकान्तमा बग्छन् आँसु
दिलको व्यथा लुकाउँदै निराश बनि कति बसुँ
डाको छोडी रुन मन लाग्छ आफ्नै मान्छे टाढी दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा ।
चारपाने,झापा
हाल: ब्रसेल्स,बेल्जियम
(अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्धारा १२ अप्रील २००८ मा ब्रसेल्समा आयोजित वसन्त कवि गोष्ठीमा वाचित )