भमरा बनी आइरहन्छु म, पूmल बनी बोलाऊ
जुनजस्तै मुहार छ नि भो भो जुनटिकी नलाऊ ।
परै बसी हेर मलाई, ए दाजै वरवर नआऊ
पाउने छैनौ तिमीले मलाई लेक बेसी नधाऊ ।
रुप हुन्छ माघको घामभैंm झुल्की हराई जान्छ
मेरो माया सांचो भए तिमीलाई तानी ल्याउंछ ।
बाटो हिंड्दा बटुवाहरु कति आउंछन् जान्छन्
सबले सबलाई सन्सारमा माया कहां लाउंछन् ।
छैन भर जिन्दगीको बरु हुन्छ साथीको नै भर
समयमै समाउ हात सोद्धिन म तिम्रो नाउं थर ।
नाई नाई भन्दा पनि कति आउंछौं तिमी वरवर
जीवनभरको साथ भए राजै परे म त तिमै भर ।