उनले भने साधुले देश हाँक्न सक्दैनन
बगलीमा हाम्रो के छ आँक्न सक्दैनन
सन्त न हुन् परेवा-बाज सम देख्छन उनी
छुराजस्तो नंग्रा बाजको झाँक्न सक्दैनन
सिध्दान्तरत उनि सधैं युधिष्टिरजस्तो
उल्टा-सुल्टा दुर्योधनझैं फलाक्न सक्दैनन
सबै नारी आमा समान देश आमा समान
चीर हरण गर्ने सभा डांक्न सक्दैनन