नआउनु, अचेल घरमा हुन्न
म कसैँको पनि भरमा हुन्न ।
कहाँ खोजेको हो त्यसरी ?
ज्यान लिने जहरमा हुन्न ।
आफ्नै, छातीभित्र छाम न
म पराइको शहरमा हुन्न ।
छोडिसकेँ, पालो कुर्न मैले
अब म कुनै लहरमा हुन्न ।
केही गर्ने, जाङ्गरै चल्दैन
पैलेजस्तो खबरमा हुन्न ।
माया लाग्दैन अब, ज्यानको
त्यसैले कुनै डरमा हुन्न ।
भाष्कर काजी
रुँघा ७, रुकुम ,