शिशिरको ढुकढुक जाडो, लाग्दा घाम कस्तो हुन्छ
जनम–जनम हुने माया प्रेम लाम कस्तो हुन्छ
एकअर्कामा एउटै भई, अंगालोमा सगै रम्दा
मन्द–मन्द हावा चल्दै , आउने साम कस्तो हुन्छ
तिमीसंग विश्वास छ , नपार्नु नि वियोगमा
देउ नै एक चुप्पा, हेरौ बस्ने डाम कस्तो हुन्छ
उज्यालो छ बाहिर , टहटह जून लाग्दा
लगाउ पर्दा , निभाउ बत्ती गर्दा काम कस्तो हुन्छ
सागर–सगर जस्तै , अटल – अमर हुनु राम्रो
गजलमा वैरागी चित्र राख्दा नाम कस्तो हुन्छ
तनहूँ