18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिवाकर भट्टराई March 5, 2014, 3:06 pm
दिवाकर भट्टराई
दिवाकर भट्टराई

भन्छन् आकाश, जूनसंगको नाता छ !!

म भन्छु धरती, सुनसंगको नाता छ !!

छुट्याउनै गार्हो भयो,कस्तो बिडम्बना

भन्छ कसले, कुनसंगको नाता छ !!

हस्तक्षेप छिमेकीको,सह्यौ दिनानुदिन

ठान्थौ संगीत, धुनसंगको नाता छ !!

चुकाउनुपर्ने बदला,कस्तो सम्म हुन्छ

पोहर लगाएको, गुनसंगको नाता छ !!

उनि मेरै थिइन, त्यसैले अझै भन्दैछु

यो दिवाकरको, खुनसंगको नाता छ !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।