18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म चाहन्छु

कविता तीर्थराज अधिकारी February 4, 2014, 4:47 am

म मरुँ, मेरो अस्तित्व मरोस् ??

भाग्यले ठगेको, कर्मले लखेटेको

दुखले घेरिएको, आँसुले भरिएको

षड्यन्त्रले जेलिएको, विवशताले पेलिएको

म मरुँ, मेरो अस्तित्व मरोस् ।

अमिल्दा रीतहरुमा

रुवाउने गीतहरुमा

तड्पाउने प्रीतहरुमा

थर्थराउने जितहरुमा

आँसु टप्काउने शीतहरुमा

म मरुँ, मेरो अस्तित्व मरोस् ।

डरत्रासले थलिएको

निराशाले ओइलिएको

मरुभूमिमा फैलिएको

डिप्रेसनले सताइएको

फ्रस्टेसनले लट्याइएको

म मरुँ, मेरो अस्तित्व मरोस् ।

आकाशमा न धर्तीमा

जूनमा न तारामा

विगत, वर्तमान न भविष्यमा

जल, तेज न वायुमा

मनमा न मुटुमा

ओठमा न आँखामा

कतै म न रहूँ

म मरुँ, मेरो अस्तित्व मरोस् ।

म मरुँ, मेरो अस्तित्व मरोस् ।

धुम्बाराही, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।