आफंैले भोगेका वा देखे–सुनेका सामाजिक घटनालाई शब्द जालमार्फत जीवन्तता दिने काम हो– कथा लेखन। हाम्रै घरछिमेकमा घट्ने घटनाहरूलाई टपक्क टिपी लिपिबद्ध गरेका छन्, 'विखण्डित प्रवाह' नामक कथासंग्रहमा कथाकार नवराज रिजालले।
'पागलको चाहना' (२०३९) नामक कथा प्रकाशनसागै साहित्यिक क्षेत्रमा प्रवेश गरेका कथाकार रिजालले अहिलेसम्म थुप्रै कृतिहरू पाठकसामु पस्किसकेका छन्। 'अदृश्य पीडा' नामको लघुकथा संग्रह पहिलो प्रकाशित कृतिका रूपमा दर्ता गराएका कथाकारले त्यसपछिको समय बालसाहित्यमा खर्चे। 'भूतको घरभित्र', 'बोक्सी बूढी', 'म पनि जान्न', 'तिलकानेको टिको', 'दयालु ढेडु' जस्ता बालकथामार्फत बालमस्तिष्कमा स्थान बनाउन सफल रिजालले प्रौढ साहित्यको क्षेत्रमा गरेको योगदानलाई पनि कम आाकलन गर्न मिल्दैन। यसैको प्रमाणको रूपमा आएको छ, 'विखण्डित प्रवाह' कथा संग्रह।
'विखण्डित प्रवाह' समकालीन, समसामयिक सामाजिक परिवेशमा आधारित कथाहरूको संगालो हो। समाजमा व्याप्त वर्गीय खाडल, अन्याय, अत्याचार, नारी दमन, शोषण, अशिक्षा, बेरोजगारी, अपरिपक्व प्रेमजस्ता विषयवस्तु उठान गरिएका विभिन्न अठारवटा कथा संग्रहित छन् यसमा।
नारायणी अञ्चलको बारा जिल्लामा हुर्केबढेका कथाकारले आफ्नै परिवेश, तराइली सामाजिक जीवनको चित्रण गरेका छन्– 'धरीक्षण काका' नामक कथामा। मानवीय भावनाले पूर्ण धरीक्षण काकाका विरुद्ध सिंगो समाज उठेको र समाजसेवाका विपक्षमा देखिएको सामन्ती संस्कारको राम्रो झलक दिन्छ यस कथाले, जुन कथाले कृतिको नै श्रीगणेश गर्ने काम गरेको छ। समयको बद्लिंदो परिस्थितिसागै नेपाली महिलाहरूमा देखापरेको युगीन चेतना र विद्रोहको आभाष पाइन्छ– पुनरागमन कथामा। सामाजिक क्षेत्रमा महिलाहरूको उपस्थितिसागै बढेको चेतना पुरुष हुाकारविरुद्ध बोलेको छ। प्रमुख पात्र अनुपामार्फत लेखकले आमनेपाली महिलाको विद्रोही स्वभाव प्रस्तुत गरेका छन्। महिला अधिकारको नाममा कर्तव्यको ख्यालै नगर्ने परिपार्टीलाई राम्रो व्यङ्ग्य प्रहार गरेको छ। अधिकार र कर्तव्यको द्वन्द्वमा कर्तव्यलाई कमजोर स्थान प्रदान गरिए पनि अन्त्यमा कर्तव्यबोध गराइएको छ। त्यस्तै, क्षणिक आवेगको भरमा, अपरिपक्व उमेरमा गरिएको प्रेमविवाहले निम्त्याउने दुस्परिणामको राम्रो चित्र कोरिएको छ, 'फेहरिस्त' कथामा।
हाम्रो देशको कलंकको रूपमा रहेको नारी दमन र यौन शोषणको कारुणिक कथा कोरिएको छ– 'जीवन रेखा' तथा 'अनुत्तरित' कथामा। भारतका कोठीहरूमा नारकीय जीवन बिताउन बाध्य नेपाली दिदीबहिनी तथा स्वदेशमै पुलिस प्रशासनको खेलौना बन्नुपरेका अवस्थाहरू उद्घाटित छन्। यहाा कथाकारले आफैं प्रथम पुरुष दृष्टिविन्दुमा उपस्थित भई, पुलिस प्रशासनभित्र हुने गरेको यौन दुराचारको पर्दाफास गर्ने काम गरेका छन्।
वर्तमान समयमा विद्यमान असमानता, अशिक्षा, बेरोजगारी तथा सामाजिक विभेद देखाइएको छ– 'खटप्वाल', 'रमुवा' तथा 'जमुनी' कथामा। विशेषगरी मधेसी परिवेशमा लेखिएका यी कथाले, सामन्ती भू–स्वामित्व, दासप्रथा, जिराइत प्रथा जस्ता कू प्रथाको चित्रण गरेका छन्। छोरीको बिहेमा लिएको ऋण तिर्न नसकेर दास बस्नुपरेको, औषधी उपचारसम्म पहुाच नभएर मृत्युलाई स्वीकार्नुपरेको स्थिति पढ्न पाइन्छ
यी कथामा।
१० वर्षे सशस्त्र युद्ध चरम् उत्कर्षमा पुगेको बेलामा लेखिएका यी कथाहरूमा तत्कालीन समयको छाप पाउन सकिन्छ। बिनासित्ती भाइभाइमा गरिएको यो झगडाको पुष्टि तथा सत्तामुखी राजनीतिप्रति तिखो वाण प्रहार गरेका छन्– 'परिधि' र 'प्रलाप' कथाले। साथै, बेरोजगार युवाको मनोदसा प्रस्तुत गरेको छ– 'विघटन' कथाले। हरेक क्षेत्रमा राजनीतिले हस्तक्षेप गरिरहेको वर्तमान समयसाग मेल खाने कथा रहेको छ 'बाटो'। योग्य व्यक्तिलाई यो वा त्यो बहानामा टिक्न नदिने प्रदुषित राजनीतिक खेलको सिकार बनेका छन् कर्मठ शिक्षक। राजनीतिमा अलगाव रहेकाले नै सेवाबाट निकालिए पनि उनी स्वाभिमान बेचेर टिकी रहन चाहन्नन्। उनी मरेर बााच्न चाहन्नन्। जुन यो कथाले बोकेको सफल र सान्दर्भिक उद्देश्य रहेको छ।
२०४५ सालदेखि ६० को बीचमा लेखिएका यी कथाहरू तत्कालीन राजनीतिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको चित्रण गर्ने वृत्तचित्रका रूपमा रहेका छन्। समग्रमा सबै कथाहरू युगीन चेतनाले भरिपूर्ण छन्। समाजमा व्याप्त, शोषण, दमन, अन्याय–अत्याचार, नारी उत्पीडनदेखि लिएर नारी विद्रोहका स्वरहरू मुखरित भएका छन्। गरिबीको पराकाष्ठामा पात्रपात्राहरू पिल्सिएका छन्। शालीन र सद्दे मान्छेलाई पागल ठान्ने हाम्रो समाज एकपटक फेरि चुकेको छ कथामा। देवकोटाको पागलपनसाग मिल्ने यो पागलको परिभाषाले ठूलै दार्शनिक पक्षको उठान गरेको छ।
पेसाले शिक्षक र पत्रकार भएकोले पनि सामाजिक घटनालाई जस्ताको तस्तै उतार्न सहायता मिलेको हुनुपर्छ कथाकारलाई। स्थानीय परिवेशमा, स्थानीय पात्रलाई, स्थानीय भाषामै उभ्याएर स्थानीयपन र विश्वसनीयता प्राप्त गरे पनि, पाठकलाई कथाकार कतै क्षेत्रीयतावादको नजिक पुग्छन् कि जस्तो लाग्न सक्छ। तर, कथामा उठान गरिएका कथ्यवस्तुले कथालाई सर्वव्यापक नै बनाएका छन्। केही कथाहरू प्रथमपुरुष दृष्टिविन्दुमा प्रस्तुत गर्दै, कथाको केन्द्रविन्दुमा 'म' पात्रलाई राखेर वर्णन गरिएको छ। छोटो छोटो सरल र सरस वाक्यको प्रयोगले कथालाई बोधगम्य बनाएका छन्। विम्बहरूको उपयुक्त प्रयोगले कथालाई जीवन्त बनाउन सहयोग गरेका छन्।
वरिष्ठ समालोचक डा. केशवप्रसाद उपाध्यायको भूमिकाबाट सुरु हुने यो कृति प्रकाशित गर्ने काम विवेक सिर्जनशील प्रकाशनले गरेको छ। समालोचक लक्ष्मणप्रसाद गौतमको समालोचनात्मक मन्तव्यले गहिरो रूपमा खोतलेको यो कृतिको मूल्य रु. ७५ राखिएको छ।साहित्यकार रासाको सहयोगमा, सुन्दर आवरणमा सजिएको यस कथासंग्रह, कथा लेखनमार्फत साहित्यको सेवा गर्न लालायित नवसर्जकहरूलाई मार्गदर्शकका रूपमा रहनेछ।