कोही टोलाउने मैले बोलाउने एकैछिनमा हुन्छ !
क्षणभरमा हावाको बहावले मेरो मनलाई छुन्छ !
हर तरहले सम्झाउछन्, मलाई मेरा साथीहरु
बिश्वास लाग्न थालेको छ, भगवानले सुन्छ !
प्रेममा लिप्त भएको, देखाउने प्रसस्तै भेटिन्छ
माकुरीले मात्र दिगो, सम्बन्धको जालो बुन्छ !
किन गिद्यनजर लाग्छ, सुखी जिन्दगीमा यहाँ
यस्तै यस्तै हुन्छ र भक्कानियर मन रुन्छ !
दमौली तनहुँ