18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिनेशराज पुरी November 16, 2013, 10:03 pm

मलाई मै सगं चोरेर, हरायो यौटा मान्छे

मृत्युको काखमा छोडेर,हरायो यौटा मान्छे

म प्यारको अभावमा, एकसुरे भएकी थें,

घृणाको बाछिटा हानेर,हरायो यौटा मान्छे

मलाई सर्वाङ्ग पढेर, रित्तो पारी मायाको,

आज राजीनामा लेखेर,हरायो यौटा मान्छे

"भोलि घटेका घटनाको म जानकार हुनेछैन"

बस! यहि सुचना टाँसेर, हरायो यौटा मान्छे

मेरा बिरामी आँसुले, साथको चित्कार गर्दा,

रित्तो आफूलाई बोकेर, हरायो यौटा मान्छे

सुनारपानी ९, रामेछाप

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।