18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार मनप्रसाद सुब्बासँग कुराकानी

वार्ता पेशल आचार्य November 10, 2013, 6:06 am
पेशल आचार्य
पेशल आचार्य

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?

म.प्र.सु.( थोरै समानता र धेरै असमानताहरू छन्। मेरा आमा(बाबु निरक्षरप्रायः अनि पारम्परिक सोचका थिए, र उनीहरूले खेति(किसान तथा बनीबुतो गरेरै हामीलाई बढाउने(पढाउने काम गरे। मेरा छोराछोरीका आमा(बाबाहरू आधुनिक तथा समकालीन सोच राख्ने भएकाले उनीहरूको बाल्यकालमा त्यै अनुरुप प्रभाव पर्नु स्वाभाविक हो।

२) यहाँनेर आइपुग्न केकति मेहनत गर्नु भयो ?

मप्रसु( धेरै सङ्घर्ष र साधनाले यहाँसम्म आइपुगिएको छ।

३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?

मप्रसु।( जीवन कहिल्यै बुझिनसकिने रहस्य लाग्छ। केही बुझेजस्तो पनि लाग्छ, फेरि कत्ति पनि नबुझी रहेछु भन्ने पनि लाग्न छोड्दैन।

४) के रहेछ त बास्तवमा हाम्रो जिन्दगी भनेको ?

मप्रसु।( मानिसझैं विकसित चेतनशीलले मात्र जीवनको अर्थ सोध्छ। त्यसैले जीवन भन्नु यै चेतना हो। जीवनको अर्थ नसोध्नेहरू शरीर मात्र जिउँछन्।

५) कृतिहरू कति छन् ? तपाईं अझै कति कुनकुन विधाका कृतिहरू निकाल्ने योजनामा हुनुहुन्छ ?

मप्रसु।( सातवटा कवितासंग्रह, एक उपन्यास, ३र४ वटा अनुवाद कृतिहरू छन्। कविता विधामा अझै २र३ वटा शृंखलाबद्ध कविताका योजनाहरू छन्, दुइवटा जति लेख(सङ्ग्रह र आफ्ना संस्मरणको एक पुस्तक तयार पार्ने योजना छ।

६) तपाईंलाई आफ्नो मौलिक कृति निकालेपछि कस्तो अनुभूति हुनेगर्छ ?

मप्रसु।( आफ्नो मौलिक कृति आफुले भनेजस्तै, चित्तपर्दो कलेवरमा र आफुले भनेकै समयमा निस्कँदा निकै ठूलो सन्तुष्टिको अनुभूति हुन्छ।

७) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ।

मप्रसु।( आफ्नो जीवनसित केही हदसम्म सन्तुष्ट छु। पूर्ण सन्तुष्ट सायद महायोगीहरू होलान्। हामी सायद कैयौं असफल जीवनहरूसित आफ्नो जीवन दाँजेर सन्तुष्टि लिइरहेका हुन्छौं। फेरि कति यस्ता पनि देख्छौं जो केही नभई, केही नगरी पनि सन्तुष्ट बाँचिरहेका लाग्छन्। त्यसैले सन्तुष्टि(असन्तुष्टि भन्नु सापेक्षिक कुरा मात्र हुन्।

८) भारतीय नेपाली साहित्यिक गतिविधिलाई तपाईंका दृष्टिमा कसरी मूल्याङ्कन गर्नुभएको छ ?

मप्रसु।( भारतीय नेपाली साहित्यको आफ्नै इतिहास र आफ्नै सामाजिक(राजनैतिक पृष्ठभूमि छ जसमाथि उभेर यहाँको साहित्यले आफ्नो स्वरूप प्राप्त गर्छ। त्यसो त नेपालको नेपाली साहित्यबाट यसले पर्याप्त प्रभाव ग्रहण गरेकै छ। तथापि भारतीय नेपाली साहित्यको आफ्नो विशिष्ट स्वर र स्वरूप छ।

९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?

मप्रसु।( मानिसको जीवनमा कैयौं आधारभूत जैविक र मनोवैज्ञानिक आवश्यकता जस्तै हो यौन पनि। मानिसको व्यक्तिगत जीवनमा साथै समग्र मानव(समाजमा नै यसले सृष्टिदेखिनै अहम् भूमिका खेलिरहेको छ। त्यसैले, जीवनको अनुभूति र मानव(समाजको यथार्थ चित्रण गर्ने साहित्यमा यौन जस्तो कुरो कसरी अनावश्यक र निरर्थक हुनसक्छरु यत्ति हो कि हरेक कुरोको उपयोग र दुरुपयोग हुन्छ। सृजनात्मक लेखनमा नग्न यौनको पनि आफ्नै सौन्दर्य हुन्छ, तर अरु नै उद्देश्यको भद्दा लेखनले यसलाई अश्लील तुल्याउन सक्छ।

१०) सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ त ?

मप्रसु।( अढाई दशक अघिका अधिकतर कृतिहरूमा आधुनिकतावादी वर्चस्व अझ कायमै रहेको पाइन्छ। जीवन(जगतका तात्विक गम्भीर प्रश्नहरूबाट प्रभावित देखिन्छन् ती लेखन, र ती गम्भीर प्रश्नलाई उनीहरूले उस्तै गम्भीर भाषा(शैलीमा अभिव्यक्ति दिए। त्यस्ता अभिव्यक्तिले उस्तै गम्भीर पाठकको माग गर्नु स्वाभाविक हो। तर यस्ता पाठक थोरै हुन्छन्। आम पाठकहरू आधुनिकतावादी लेखनबाट टाढा रहेका कारण पनि यही हो। हुन त त्यस समय पनि थिए भूपी शेरचन जस्ता लोकप्रिय कवि अनि लेखकहरू। पछिल्लो समयका समकालीन लेखन बढी समाजमुखी रहेको छ अनि त्यसै अनुरुप लेख्य भाषा र शैली पनि सरलता र सहजतातिर उन्मुख छ। लेखन बढी अनौपचारिक र पत्रकारीय देखिन्छ। जीवनको तात्विक प्रश्नमा नउल्झेर यहीँ(र(अहिल्यैको कुरामा बढी चासो राख्छ समकालीन लेखनले।

११) तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान/अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ?

मप्रसु।( नेपालीमा अहिले धेरै राम्रा कृतिहरू आइराखेका छन्। आख्यान विधामा जगदीश घिमिरेको ‘सकस’, नयनराज पाण्डेको ‘लू’, अमर न्यौपानेको ‘सेतो धरती’, बुद्धिसागरको ‘कर्णाली ब्लूज’ मैले पढ्न पाएका केही नामहरू हुन्। अरु धेरै संस्मरण, नियात्रा, निबन्ध विधाका कृतिहरू छन्।

१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईंले नै परिश्रमपूर्वक साहित्य किन लेख्नु प¥यो होला ?

मप्रसु।( संसारमा यतिका मान्छेहरू छन् जीवन जिउने, तपाईंले नै किन जीउनुपर्यो यो जीवन रु मलाई अन्तर्वार्ता लिनेहरू कैयौं छन्, तपाईंले नै परिश्रमपूर्वक अन्तर्वार्ता किन लिनुपर्यो होला रु

१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा नेपाली साहित्यमा यसको प्रयोग केकसरी भैरहेको छ ?

मप्रसु।( आङ्शिक रुपमा यसको उत्तर माथि प्रश्न(१० मै दिइसकेको छु। माथिको उत्तर बाहेक छोटोमा भन्नुपर्दा उत्तरआधुनिकताले कुनै पनि कुराको प्रभुत्व तथा केन्द्रीयतालाई अस्वीकार गर्छ, यसले बहुलार्थ ओपन एन्डेडनेस्० र सर्वसमावेशिता अलइनक्लुसिवनेसमा विश्वास गर्छ। समसामयिक नेपाली साहित्यमा यसको प्रयोग धेर(थोर भइराखेको छ।

१४) अब जीवनको धोको के रहेको छ ?

मप्रसु ( जीवनमा धोको नै भन्ने कुरो मेरो पहिले पनि थिएन, र अहिले पनि छैन। बस्, जीवनलाई आफ्नै ढङ्गमा बाँच्न चाहन्थें, अनि रहल जिन्दगी त्यसरी नै बाँच्न पाउँ।

१५) अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?

मप्रसु।( समयको पाइला(ध्वनि सुनेर आफूलाई हरेक बिहान अपडेट गरिराख्ने।

मन्थली–२, रामेछाप ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।