18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा.रुपक श्रेष्ठ November 2, 2013, 3:06 am

भन्दछु म बैरीलाई सद्भाव दिई भाइ बनाउँछु

भन्दै छ ऊ गधालाई दुधले धोई गाई बनाउँछु

युद्ध कहीं जातपात तोड्न जातिय राज्य नारा सुनि

उसले तत्काल गर्यो घोषणा भट्ट काटि राई बनाउँछु

लाज हुन्छ साग रोप्न घरमा आफ्नो भात पकाउन

विदेश गई मोल्छु पाऊ स्वदेश ल्याई नाई बनाउँछु

छानी छानी पठायो असल बिग्रि आउँछ त्यो पनि

राख्छु सियो कुर्चीमा वा नकुहिने दबाई बनाउँछु /

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।