कांडा पाए त के भो फूल हुर्काएँ मैले
शाखा मर्यो त के भो मूल हुर्काएँ मैले ।
बाँच्न खोजेँ सम्बन्धको एउटा सेतु बनाएर
तिमीलाई आफ्नो ठान्ने भूल हुर्काएँ मैले ।
रोइनँ समेटेँ सारा व्यथाका पत्रपत्रहरु
आफैँलाई पीडा दिने शूल हुर्काएँ मैले ।
ढाँट्न सकिनँ कालोलाई कालै भनी चिच्याए
वरिपरि आलोचकहरुको हूल हुर्काए मैले ।