18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिवाकर भट्टराई November 2, 2013, 2:53 am
दिवाकर भट्टराई
दिवाकर भट्टराई

दाजु भाइलाई भाईटिकामा,सघाइदिन नभुल्नु है !!

सुख समृद्धिको कामना गर्दै,जगाइदिन नभुल्नु है !!

नओइलाउने मखमली, सयपत्री फूलको माला

निधारभरि सप्तरङी टिका, लगाइदिन नभुल्नु है !!

दिदिबहिनीले कामना गर्दै, दाजुभाइको निम्ति

तिहारको बेला लामो आयु,मगाइदिन नभुल्नु है !!

स्नेह दिदीभाईको साटासाट गर्ने, तिहारको बेला

नया मित्रहरु बनाउदै सत्रुहरु,भगाइदिन नभुल्नु है !!

सुभकामना छ, सबै दिदि बहिनी दाजु भाईलाई

हरप्रहर सधै खुसीको लहर, बगाइदिन नभुल्नु है !!

दमौली, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।