18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिनेशराज पुरी November 2, 2013, 2:33 am

तस्वीर कोरेर दशैमा ,चिठी पठाउँला प्यारी

माया मुछेर दशैमा, चिठी पठाउँला प्यारी

त्यता उक्लन सायदै, भ्याउदिन यो साल

आशिस् कुदेर दशैमा, चिठी पठाउँला प्यारी

वैरिका शंकाले कत्ति, मन भाच्ने नगरे

एक्लै लुकेर, दशैमा चिठी पठाउँला प्यारी

जुनारको चुस्की सगै, मायाको ह्वीस्की पे'को

त्यो पल सम्झेर, दशैमा चिठी पठाउँला प्यारी

खाली कागजको कित्तामा, शब्दको टीका र

जमरा उनेर दशैमा, चिठी पठाउँला प्यारी

सुनारपानी ९, रामेछाप

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।