साथी सम्झी साथ दिदाँ तिमीलाई नै चा'को नठान्नु
आखाँ जुध्दा हेरिदिए मैले माया ला'को नठान्नु ।
हिंड्न भन्यौ संगसंगै, ब्यर्थैमा नै हिँडिदिए
मायाको भोकी भइ तिम्रै पछि^ ला'को नठान्नु ।
सुर तिम्रै,स्वर तिम्रै, कलाको केबल प्रशंशा गर्दा
प्रीतका गीतहरु तिमीसंगै गा'को नठान्नु ।
कती कुरा मिले होलन्, एउटै बाटो हिड्दाखेरि
सत्यताको समर्थन गर्दा बाचाकसम खा'को नठान्नु ।
जिन्दगीको खेल नै यस्तो, समय संगै बग्नपर्ने
फेरी भेट हुँदाखेरी तिमीतिरै आ'को नठान्नु ।
साथी सम्झी साथ दिदाँ तिमीलाई नै चा'को नठान्नु
आखाँ जुध्दा हेरिदिए मैले माया ला'को नठान्नु ।
भद्रवास्, काठमाडौं,नेपाल