नेपालमा दस वर्षम्म चलेको सशस्त्र द्वन्द्वको समयमा देश र जनताले भोग्नु परेका विविध किसिमका त्रासदीपर्ूण्ा एवं विभत्स अवस्था आदिको जीवन्त चित्रण गरिएको महेशविक्रम शाहको 'छापामारको छोरो' शर्ीष्ाकको प्रस्तुत कथा सङ्ग्रह द्वन्द्वकथाहरूले भरिएको एउटा बेजोड कथा सङ्ग्रहका रूपमा प्रकाशित हुनपुगेको पाइन्छ । सशस्त्र द्वन्द्व र युद्धमा आफ्नो जीवन गुमाउन पुगेका व्यक्तिहरूलाई र्समर्पण गरिएको प्रस्तुत कथा सङ्ग्रहका कथाहरूमा मानिसमाथि र्सवाधिक घातक एवं जघन्य किसिमका आक्रमण मानिसद्वारा नै गरिएका छन् र यसकै कारण समाजमा नयाँ-नयाँ किसिमका द्वन्द्वात्मक अवस्था सिर्जना हुन पुगी मानव-मानव बीचको सहअस्तित्व, भाइचारा र मानवतामा आधारित मानिसको जीवनपद्धति कसरी र कुन रूपमा खलबलिँदै गएको छ भन्ने यथार्थ पक्षलाई द्वन्द्वात्मक वातावरण र यसले सिर्जना गर्न पुगेका परिस्थितिका कसीमा नै स्वानुभूतिमूलक दृष्टिकोणका साथ केलाउने प्रयास कथाकारले गरेका छन् ।
द्वन्द्व तथा सशस्त्र युद्धका विभिषिकाहरूले देश र समाजलाई पुर्याएको क्षति र यसले समस्त नागरिकहरूलाई दिएको चोट र पीडाहरूको अत्यन्त कारुणिक र मार्मिक प्रसड्ढहरू समाहित यो कथा सङ्ग्रह द्वन्द्व र युद्धसम्बन्धी प्रभावपर्ूण्ा वर्ण्र्ााे भरिएको अत्यन्त जीवन्त एवं उच्चकोटीको कथा सङ्ग्रहका रूपमा देखापरेको छ । यसमा सङ्ग्रहीत सबै कथाहरूले द्वन्द्वको प्रतिस्पर्धाले विभिन्न किसिमका विकृति र विसड्ढतिहरू फैलिन गई समाज अतिवादको अतिव्याप्तिबाट कसरी आक्रान्त हुनपुग्छ भन्ने यथार्थको गहिरो विश्लेषण गर्दै समाजमा शान्ति र अमनचैनको वातावरण सिर्जना गर्ने कार्यमा अथक रूपमा क्रियाशील भई शान्त र समुन्नत नयाँ नेपालको निर्माणको दिशामा सबै ऐक्यबद्ध रूपमा अग्रसर हुनसक्नुपर्ने आजको सामयिक आवश्यकतामाथि गहन प्रकाश पार्नसकेको पाइन्छ ।
प्रशासनिक दायित्व र कर्तव्यपालनभन्दा आफ्नो अधिकार र सीमाको उल्लङ्घनको कारण पनि समाजमा अन्तर्विरोधजन्य द्वन्द्वात्मक अवस्था सिर्जना हुन पुगिरहेको यथार्थलाई 'बाबुको काँधमा छोरो सुतिरहेको देश' शर्ीष्ाकको कथाले मार्मिक चित्रण गरेको छ । द्वन्द्वकै कारण आफ्नो लोग्ने गाउँबाट पलायन हुनु एवं आफ्नो गाँसवासको व्यवस्था गरिदिने एक मात्र छोरो भारततर्फपलायन हुन बाध्य भएको अवस्थामा जीवन धान्नका लागि किडी जियाले गर्नुपरेको कारूणिक सङ्र्घष्ा र यस क्रममा अन्त्यमा कर्ण्ााली नदीलाई आफ्नो जीवन सुम्पिन बाध्य र विवश हुनु परेको मर्मस्पर्शी चित्रण 'किडी जियाले कर्ण्ाालीमा फाल हालिन्' शर्ीष्ाकको कथामा पाइन्छ ।
एकाग्र भई खाडल खन्ने जिम्मेवारी पाएको व्यक्तिलाई खाडल किन खनिरहेको छ भन्ने जानकारी समेत नभएको अवस्थामा त्यो खाडलमा युद्धमा मारिन पुगेका आफ्नो बाबु र दौँतरीहरूको लाश पर्ुर्नुपर्ने अवस्थाले सिर्जना गर्नपुगेको अत्यन्त हृदयविदारक घटनालाई 'एउटा अर्को खाडल' शर्ीष्ाकको कथाले मार्मिक रूपमा चित्रण गरेको छ । द्वन्द्वकै कारण अत्यन्त त्रासदीपर्ूण्ा अवस्थामा जीवन बिताइरहेका मानिसहरू आफ्नो कुनै आफन्त गाउँ र्फकँदा समेत किन चिन्तित हुन बाध्य हुन्छन् र आफ्नी आमालाई एक्लै छाडेर भावी दर्ुघटनाको आशङ्काले आफ्नो घर छाड्न मानिसहरू किन र कसरी विवश भइर।हेका छन् भन्ने यथार्थको उद्बोधन 'गाउँमा गीतहरू गुञ्जदैनन्' शर्ीष्ाकको कथाले गरेको छ । अत्याचार गर्नेहरूको क्रूरतापर्ूण्ा व्यवहारमा समाजका र्सवसाधारण कसरी र कुन रूपमा प्रताडित हुन पुगिरहेका छन् भन्ने यथार्थको जीवन्त चित्रण 'बन्द ढोका र समय' शर्ीष्ाकको कथामा पाइन्छ ।
सिपाहीमा पनि स्वतन्त्रताको चाहना हुन्छ । उसका मनमा पनि विभिन्न किसिमका मानवीय भावना अन्तर्निहित हुन्छन् । सिपाही केवल सिपाही मात्र नभएर एउटा मानिस हो र मानिस हुनुकै कारण उसभित्र पनि मानवीय संवेदना र विविध किसिमका संवेगहरू हुन्छन् । दासत्वबाट मुक्ति र शान्ति र स्वतन्त्रताको चाहना उमा पनि हुन्छ । यस अवस्थामा भावनात्मक रूपमा ऊ जतिसुकै उद्वेलित भए पनि उसलाई पदीय दायित्व, कर्तव्य र आदेशले किन, कसरी र कुन रूपमा कठोर बनाउन पुगिरहेको हुन्छ भन्ने यथार्थको राम्रो चित्रण 'सिपाही र सालिक' शर्ीष्ाकको कथाले गरेको छ ।
'एकादेशमा' शर्ीष्ाकको कथामा युद्धका कारण क्षतविक्षत हुनपुगेको एउटा गाउँको जराजर्ीण्ा अवस्था र सडेका लाशहरूले गाउँलाई अत्यन्त दर्ुगन्धित तुल्याउन पुगेको विभत्स अवस्थाको चित्रण छ । द्वन्द्व र युद्धको कारण कहाँ, कतिबेला, कस्तो किसिमको दर्ुघटना हुनसक्छ, बम विस्फोटनका माध्यमबाट मान्छेले नै मान्छेलाई कसरी मर्ुदा बनाइरहेहका छन्, मानिसमा संवेनहीनताको पराकाष्ठाले के-कस्तो सीमा नाघिसकेको छ, प्रत्येक मानिस जीवन र मृत्युसँग कुन रूपमा सङ्र्घष्ा गर्न बाध्य र विवश बन्न पुगेको छ भन्ने यथार्थलाई 'म र मर्ुदाहरू' शर्ीष्ाकको कथाले राम्ररी केलाएको छ । द्वन्द्व र युद्धमा संलग्न व्यक्तिहरू हुन् वा र्सवसाधारण, सबैमा देशमा पर्ूण्ा शान्तिको वातावरण कायम गर्दै सुन्दर, शान्त र समृद्ध नेपालको निर्माण गर्नुपर्ने भावना अन्तर्निहित रहेको यथार्थ 'युद्धविराम जिन्दावाद' शर्ीष्ाकको कथामा प्रतिविम्बित छ ।
'हृयुमन फार्मिङ्' शर्ीष्ाकको कथाले समाजमा मानवीय संवेदनाको पक्ष अत्यन्त क्षीण हुँदै गएको यथार्थमाथि मार्मिक व्यङ्ग्य प्रहार गर्दै मानिस मानिस नभएर हत्या र काटमारमा सङ्लग्न हुने संवेदनाशून्य यन्त्रमानव बन्दै जान थालेकोमा ठूलो खेद अभिव्यक्त भएको छ । यस किसिमको अमानवीय पं्रवृत्तिमाथि प्रतिकात्मक रूपमा प्रहार गर्दै कथाले मानिस मानवीय मूल्य र मान्यताको संरक्षण र सर्म्बर्द्धनको दिशामा अघि बढ्न सक्नुपर्ने आजको सामाजिक आवश्यकतामा महत्त्वपर्ूण्ा प्रकाश पारेको छ । यसैगरी 'कर्ुर्सर्ीीर्व' शर्ीष्ाकको कथा पनि व्यङ्ग्यप्रधान कथाको रूपमा देखापर्दछ । यो कथाले देशमा उत्पन्न प्रत्येक समस्यालाई समयमै समाधान गर्ने कार्यमा देखिएको राजनीतिक संवेदनहीनता र कर्ुर्सर्ीीोहको विकृति र विसड्ढतिका कसीमा देशको राजनीति सञ्चालनसम्बन्धी यथार्थ पक्षमाथि प्रतिकात्मक रूपमा तीखो व्यङ्ग्यवाण प्रहार गर्नसकेको पाइन्छ ।
अन्याय र अत्याचारको बाटोे क्षणिक हुन्छ । समय-समयमा अन्याय र अशान्तिको प्रवलता देखिए तापनि अन्त्यमा न्याय र शान्तिकै विजय हुन्छ । निशस्त्रहरूका शान्तिकामनाले नै अन्याय, अत्याचार र क्रूरता समाहित युद्ध र द्वन्द्वलाई परास्त गर्नसक्छ । 'सडकमा गान्धीहरू' शीर्षकको कथाले विविध किसिमका क्रूरतापर्ुण्ा व्यवहार गर्नेहरूमा पनि वातावरणीय प्रभावले एक न एक दिन आफैँमा पश्चाताप जन्माउन पुग्छ र ऊ आफैँभित्र बुद्धत्वको खोजी गर्न बाध्य हुनपुग्छ । हिँसा र अशान्ति होइन शान्ति र अहिँसा नै सत्य र चिरस्थायी यथार्थ हो भन्ने पक्षमा महत्त्वपर्ूण्ा प्रकाश पारेका यो कथाले एउटा बधकमा उत्पन्न भएको भावनात्मक परिवर्तनको माध्यमद्वारा पाठकहरूलाई अत्यन्त मार्मिक र हृदयग्राही अनुभूतिहरू प्रदान गर्ने क्षमता बोकेको छ ।
'मिसन इन नेपाल' शर्ीष्ाक कथामा नेपालमा शान्ति स्थापनाका लागि भएका अन्तर्राष्ट्रिय प्रयत्न एवं सहयोग र सद्भावको पक्षलाई उद्घाटित गरेको छ भने 'भत्केका ढोका र सपनाहरू' शर्ीष्ाकको कथामा छापामार समूहमा सङ्लग्न आफ्नो छोरोको कारण उसका बाबुआमाले भोग्नुपरेका विविध किसिमका दुःखद एवं त्रासद पक्षहरूको जीवन्त वर्ण्र्ाापाइन्छ । मानिसको सुखदुःखमा साथ दिनुपर्ने मानिस नै आफ्ना बन्धु-बान्धवहरूमाथि बल प्रयोग गर्दै निर्ममतापर्ूवक विविध किसिमका आतङ्ककारी व्यवहार प्रदर्शन गर्ने र व्यक्तिहत्यामा असङ्लग्न हुने प्रवृत्तिको दर्ुदान्त चित्रण 'पशु अवतार' शर्ीष्ाकको कथाले व्यङ्ग्यात्मक रूपमा गरेको छ ।
'मेरो कुकुर अझै भुकिरहेको थियो' शीर्षकको कथामा युद्ध र द्वन्द्वको कारण छिन्नभिन्न बन्न पुगेको पारिवारिक यथार्थमा आधारित मानिसकै मनोद्वेग र मनोदशाहरूको जीवन्त चित्रण छ । मानिसले खेप्नु परिरहेको दुःखमा मानिसको साथ र सहयोग नपाई उसको दुःखमा कुकुर रोइरहेको यथार्थको प्रकटीकरणबाट यो कथाले आजको देश, काल, वातावरण र परिस्थितिको यथार्थ चित्रण गर्दै मानिसमा हराउँदै गएको संवेदनशीलतामाथि प्रतिकात्मक रूपमा व्यङ्ग्यको तीखो झटारो हान्न पुगेको पाइन्छ ।
प्रहरीद्वारा छापामार र उसका परिवारलाई हर्ेर्ने दृष्टिकोण विभिन्न किसिमका आशङ्कामा आधारित भएर उनीहरूप्रति गरिने व्यवहारका साथै मानवीय मनोभावको द्वन्द्वात्मक अवस्थालाई चित्रण गरिएको एउटा अत्यन्त राम्रो मनोवैज्ञानिक कथाको रूपमा 'छापामारको छोरो' शर्ीष्ाक कथालाई लिन सकिन्छ । बाल मनोविज्ञानको विविध पक्ष पनि यस कथामा समाहित छ । द्वन्द्वकालीन अवस्थाका अनेकौँ किसिमका अनुभव र अनुभूतिहरू सँगाल्दै घटना, परिवेश र चरित्रआदिका आधारमा 'कथानक' को निर्माण गर्दैर् तयार गरिएको प्रस्तुत कथा सङ्ग्रहका प्रत्येक कथाहरूमा नेपालमा दस वर्षम्म सञ्चालन भएको सशस्त्र द्वन्द्व र यथार्थका विविध पाटाहरू उद्घाटित छन् ।
यसमा सङ्गृृहीत प्रत्येक कथाहरूले मानिस-मानिसबीच द्वन्द्व र युद्धले सिर्जना गर्नपुगेको वैमनश्य, द्वेष, घृणासम्बद्ध विकृतिका पर्खालहरू भत्किनु पर्छ र सबै शान्त र समुन्नत नेपालको नवनिर्माणमा परस्परमा हातेमालो गर्दै ऐक्यबद्ध रूपमा जुट्नर्ुपर्छ भन्ने आजको युगीन आवश्यकतामाथि गहन प्रकाश पार्न सकेका छन् । समग्रमा भन्नुपर्दा वि.सं. २०६३ सालको मदन पुरस्कार प्राप्त गर्न सफल 'छापामारको छोरो' शर्ीष्ाकको यो कथा सङ्ग्रहलाई नेपाली साहित्यिक क्षितिजमा द्वन्द्व र युद्धकथाहरूको एउटा अत्यन्त उत्कृष्ट र नवीनतम प्राप्तिका रूपमा स्वीकार गर्न सकिन्छ ।
यसले नेपाली साहित्यको क्षेत्रमा द्वन्द्व, युद्ध, यातना, विनाश, त्रासदी आदि विविध पक्षमा आधारित साहित्य लेखनका माध्यमबाट भयाक्रान्त समाजको विविध किसिमका परिस्थितिजन्य जटिल यथार्थहरूलाई पहिलोपटक कथात्मक रूपमा अभिव्यक्ति दिने जुन किसिमको र्सार्थक प्रयास गरेको छ, त्यो निकै प्रशंसनीय छ । सशस्त्र द्वन्द्व र युद्धका विविध पाटा र पक्षहरूलाई अति सूक्ष्म किसिमले चित्रण गर्नसक्नु कथाकारको मूलभूत विशेषताका रूपमा देखापरेको यो कथा सङ्ग्रहले द्वन्द्व र युद्धबाट पिल्सिएकोे वर्तमान नेपालको जीवन-सर्न्दर्भहरूलाई र त्यसले प्रदान गरेकेा पीडालाई राम्ररी बुझाउने जुन किसिमको र्सार्थक प्रयास गरेको छ, त्यो अद्वितीय छ ।