डा राजकुमार छेत्री अहिले यता दार्जीलिङ सिक्किमका पक्त्र-पत्रिकातिर समालोचनामा छाइरहने नाम हो। उनलाई अब अलङ्कार भरेर परिचय दिइरहने आवश्यकता छैन। उनको लेखकीय परिचय त उनकै विभिन्न समालोचनात्मक लेखहरूले दिइहाल्छन्। उनका समालोचनाधर्मी सिर्जनशील कलम दिनानुदिन नयाँ बान्की र परिपाटी लिएर देखा पर्दछ। अहिलेका नयाँ पुस्ताका समालोचकहरूका हाँचमा डा छेत्रीको स्थान नेतृत्व पंक्तिमा रहेको देखिन्छ। यस दिशामा नया पीँढीका केही उल्लेखनीय समालोचकहरूमा डा छेत्री, सञ्जय विष्ट, सञ्जय बान्तवा, बासुदेव पुलामी, मेघनाथ छेत्री, विनेश प्रधान, कवीर बस्नेत, निमा निची शेर्पा, योगेश पन्त, देवचन्द सुब्बा, जय क्याक्टस, सुधीर छेत्री, सपन प्रधान, सोनाम लामा, दिल श्रेष्ठ, मिलन बान्तवा, देवराज शर्मा, गङ्गाप्रसाद भट्टाराई, रेमिका थापा, मिलन बान्तवा आदि प्रमुख हुन्। यीबाहेक अझै अरू समालोचकहरू पनि सक्रिय छन्।
यता भारतीय नेपाली समालोचना क्षेत्रमा अघिल्लो पुस्ताका समालोचकहरूलाई सघाउन नयाँ पुस्ताका समालोचकहरू पनि तयार हुँदैछ। अव युवा पुस्ताका लेखकहरूले आफ्नो अध्ययनलाई अझ तिखार्दै लगेर यस समालोचनाको फाँटलाई फैलाउनु परेको छ। अतः यस दिशामा हाम्रा डा राजकुमार छेत्रीहरू जस्ता उद्यमी, लगनशील, जाँगरिला समालोचक आएकामा हामी आम पाठकका खुशीको कुरो हो।
आजसम्म डा छेत्रीले ‘सिर्जनाको समावलोकन’, ‘अवबोधन अवलोकन, जस्ता आफ्ना दुईवटा समालोचनात्मक ग्रन्थ दिइसकेका छन् भने ‘शिवकुमार राई रचना सञ्चयन’को कुशल सम्पादन पनि सम्पन्न गरिसकेका छन्। अब उनको चौथो कृति ‘कृति आलोकन’ हाम्रो सामु आउन लागिरहेछ। यो खुशीको कुरो हो। उनी आफ्नो समालोचनामा कृति र कृतित्वमाथि प्रकाश पार्दछन्। जुन प्राज्ञीक किसिमको हुन्छ। उनी अनुसनाधानमा लागेका बेला विविध साहित्यिक सिद्धान्तहरूको अध्ययन गरी त्यसैलाई अन्य कृति आलोचनामा सदुपयोग गरेका छन्।
डा छेत्री विशेषगरी आख्यान समालोचनामा रमाएको देखिन्छ। अझै कथा विधा उनको प्रिय विधा रहिआएको देखिन्छ। कथाको कथावस्तुको बनोट, बुनोट, विन्यास, सन्दर्भ, तथा चरित्रका विभिन्न प्रकार, विधान, चित्रण विधि एवम आख्यानात्मक शिल्प-संरचना, संकथन,, तात्विक विमर्श आदिलाई उनले केलाइ-कुलाइ गरी पाठकलाई पस्किदिन्छऩ्।कृतिभित्रको संसारको विचरण, त्यसभित्रका सम्बद्ध विशयको वर्गीकरण र तिनका आधार, कृतित्वगत प्रवृतिको खोजतलास, विविध सन्बर्भ तथा अभिप्राप्तिको आकलन इत्यादि उनको समालोचनागत प्रवत्ति देखा पर्दछन्। अतऋ समासामयिक आक्यान(कथाविसेष) विधाको कृतिगत अद्ययन अनुसन्धान र विश्लेषण गर्नु डा छेत्रीको समालोचना कार्यको मुक्य क्षेत्र हो। यद्यपि उनको समालोचनामा केही मात्रामा प्रभाववादिी प्रवृति हुँदा-हुँदै पनि सैद्धान्तिक पध्तिलाई आदार बनाएका छन्। नेरेटोलजी उनको समालोचनाको मूल आधार हो।
उनको चौथो कृतिको रूपमा रहेको कृति आलोकनमा जम्मा एघारवटा समालोचनात्मक लेख संग्रहीत छन्। यीमध्ये छवटा कताकेन्द्री, तीनवटा कविताकेन्द्री, एउटा समालोचनाकेन्द्री र एउटा चाँहि नियात्राकेन्द्री समालोचना परेका छन्। उनले डा लक्खीदेवी सुन्दास, बद्रीनारायण प्रधान, कमला राई आँसु, सम्पूर्णा राई, महानन्द पौड्याल र प्रदीप गुरूङका कथाहरूको कथावस्तु योजना, पात्र विधान, शिल्प विधान, सारवस्तु आदिका आधारमा कृतित्वको विवेचनात्मक मूल्याङ्कन गरेका छन्।
उनका अन्य समालोचनमा बी पी मल्लको हाइकु-कविता लेखनबारे एउटा गम्भीर अध्ययन पत्र प्रस्तुत गरेका छन्। जापानी जीन दर्शनमा आधारित हाइकु कविताको अध्ययन गर्दै बी पी मल्ललाई एक सफल हाइकपुकारका रूपमा चिनाएका छन्। यसैगरी लक्ष्मीप्रसाद देवकोटाको समालोचनात्मक अवधारणालाई उनले केलाउने जमर्को गरेका छन्। त्यसैगरी दार्जीलिङबारे कुन कुन कविहरूले कवितामा कसरी आफ्ना भाव अभिव्यक्त गरेका छन् सो प्रस्तुत गरेका छन्। यस लेखलाई हामी सर्वेक्षणात्मक अध्ययन मान्न सक्छौं। क्षी एम बी प्रधानको नियात्रा पुस्तक मनका लहर र रहरहरू बारे पनि सैद्धान्तिक र व्यवहारिक तवरले मूल्याङ्कन गरेका छन्।
जे होस्, नेपाली समालोचना क्षेत्रमा डा राजकुमार छेत्री एउटा प्रखर नाम हो। उनी विशेष गरी कथा विधामा विचरण गरी त्यसका पत्र-पत्र केलाइ पाठकलाई सो कृतिको रसास्वादन गर्न सघाउ पुर्या उँछन्। वास्तवमा समालोचना भन्नु नै कुनै एउटा पाठ वा कृतिबारे पाठकलाई अझै राम्री रसास्वादन गराउनु हो। यस दिशामा डा छेत्री निपुण छन्। इन्द्रबहादुर राई, घनश्याम नेपाल, डा जस योञ्जन, डा जीवन नामदुङ, डा मोहन पी दाहालका पछि पछि हाम्रा डा राजकुमार छेत्री पनि नेपाली समालोचनामा छाएका छन्। यस विधाको उन्नतिमा डा छेत्रीको कलम अझै तिख्खर बनोस्ष उनीबाट हामीले अझै राम्रा राम्रा समालोचनात्मक कृति पाइरहूँ, उनीजस्तै अरू पनि जार्रूक अध्येता र समालोचकहरू हामीलाई पाइरहूँ भन्ने कामना छँदैछ।
दार्जीलिङ सरकारी महाविद्यालय।