18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी August 24, 2013, 7:11 pm
भाष्कर काजी
भाष्कर काजी

पेट खाली भएपछि, भोकको पीडा थाहा हुन्छ

आफन्त चुँडिएपछि शोकको पीडा थाहा हुन्छ ।

रहर होइन, बाद्यता हुन्छ कतिखेर रिस पनि

पागल बनिसकेपछि झोकको पीडा थाहा हुन्छ ।

कोहि चाहँदैन यसै मर्न, जोगी बन्नु परे पनि

सैयामा पुगेपछि बल्ल रोगको पीडा थाहा हुन्छ ।

छोडिदेउ योग्यताका कुरा, यस्तै हुन्छ यहाँ सँधै

बेरोजगार बनेपछि तोकको पीडा थाहा हुन्छ ।

अर्काको लागी बाँच्नुपर्छ, जति दिन बाँचिन्छ

आँशु बग्न थालेपछि लोकको पीडा थाहा हुन्छ ।

कस्तो हो यो कुर्सिपनि, नमस्कारै खोज्छ सँधै

कुर्सि अँघि झुकेपछि ढोगको पीडा थाहा हुन्छ ।

रुँघा ७, रुकुम, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।