18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्रवणकुमार ढुंगाना August 24, 2013, 6:45 pm
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

तिमी आयौ आँगनीमा विहानीको घाम आयो ।

शवरीको कुटियामा बनवासी राम आयो ।

प्रलयको गर्जन विच आकाश थियो अविचल

आँधीको भलसँगै हृदयको श्याम आयो ।

कुल्चेकै छन् फूलहरू हजारौ घातहरूले

उनिएर तिम्रो शिरमा मेरो लागि सलाम आयो ।

जन्मँदा कोही खुसी थियो, मर्दा कोही खुसी होला

सँगै रुने – हाँस्ने मेरो ईश्वरको धाम आयो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।