प्रेम र विश्वासको फूल फुलाउ मान्छे
श्रद्धाले अलिकति शिर झुकाउ मान्छे
एकले अर्कोलाई मार्न, पछार्न उद्धत छ
बरु हिम्मत तिम्रो छ भने बचाउ मान्छे
खानु नपाएर मर्छन् त कोई धेरै खाएर
भागको एक गाँस काटेर खुवाउ मान्छे
कृतघ््न, धोकेबाज, बैमानी, बैगुनी
गुणको बद्ला गुण दिई चुकाउ मान्छे
कसैको छैन यहाँ अजर अमर जिन्दगी
खाली आयौ त खाली हात जाउ मान्छे
बुझाउँदा न बुझ्छौ, न सुनाउँदा सुन्छौ
आखिर के चाहन्छौ तिमी बताउ मान्छे
बिम-२, म्याग्दी