18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल वैरागी चित्र June 9, 2013, 5:22 am

कुकुर बरु पस्न हुने, भान्छा भित्र अरे

हामी प्राणी बहिरै,कस्तो निच चरित्र अरे ।।

पाटी पौवा मन्दिर छोइने रे कुवा धारा

नियती नि कस्तो उस्ले कुद्ने मुर्ति पबित्र अरे ।।

सँग-सँगै हास्ने खेल्ने, समानताको वात गर्ने

मौका परे लात हान्ने,यस्तो पनि मित्र अरे ।।

मानिस- मानिस उँच निच समाजको व्यवहार

खै वुझ्नै नसकिने अचम्म संसार विचित्र अरे ।।

पुर्कोट-७, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।