तिम्रो साथदेखि डर लाग्छ
उग्र मातदेखी डर लाग्छ ।
साँच्चि, नढाँटेर भनु भने
तिम्रो जातदेखि डर लाग्छ ।
त्यसै, हावा बिनै हल्लिराख्ने
वृक्षको पातदेखि डर लाग्छ ।
आफ्नो, धरातलै बिर्सीदिने
मनुको औकातदेखि डर लाग्छ ।
कुन्नि ! के ल्यायौ एसपटक
तिम्रो सौगातदेखि डर लाग्छ ।
मलाई, उज्यालो प्रिय लाग्छ
अचेल रातदेखि डर लाग्छ ।
रुँघा ७, रुकुम