कोहि हुनुपर्छ मायागर्ने मान्छे, चिन्दै छ रे
सुनिन्छ जतै सस्तोमा मान्छे, किन्दै छ रे ।।१।।
अशान्ति हाहाकार, शान्तिको महसुस कहिले
सुख पाउला कसैले मान्छे, छिन्दै छ रे ।।२।।
रोजीरोटीका निम्ति, शरिर पनि बेची दिन्छन्
केहि विकल्प सोच्दैनन् मान्छे, भिन्दै छ रे ।।३।।
देखावटी हाँसोमा मुस्कुराई, पीडा सबै लुकाई
गहभरि आँशु बोकी मान्छे, हिन्दै छ रे ।।४।।
शक्तिसाली बलवान कहलिने, तछाड मछाडमा
बिर्सिए गाउँवेसीमा जातो मान्छे, पिन्दै छ रे ।।५।।
दमौली, तनहुँ