18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा.रुपक श्रेष्ठ May 11, 2013, 3:36 pm

पृथ्वी नै एउटा यस्तो प्यारो गाम होस

हरेक ब्यक्ती दर्शनयोग्य यौटा धाम होस

मनभरि जाँगर होस हातमा जोश होस

कर्मलाई पूजा मान्ने त्यस्तो ठाम होस

शान्तिप्रेमी होऊन सबै मानवप्रेमी होऊन

सबको मनमा आ-आफ्नै प्यारो राम होस

सद्बिचार र सत्कर्मले निति चलाओस

मान्छेसबै एकै देख्ने त्यस्तो घाम होस

मानवता धर्म बनोस मान्छे-मान्छेबीच

सुन्दर शान्त नयाँ स्वर्ग यसको नाम होस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।