18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल गोपाल झापाली May 4, 2013, 4:58 pm
गोपाल झापाली
गोपाल झापाली

तिमी भेटेँ संसारको धुरी पाए जस्तै भो,

मानो खोज्दा मनै भर्ने मुरी पाए जस्तै भो ।

उडीसक्या रङ्ग आयो,हराएको खुसी भेटेँ,

रित्तो हातले जुहारतको चुरी पाए जस्तै भो ।

अँध्यारो थियो आकाश,जून तारा खोज्दै थिएँ,

निराशाको बादल फाल्ने हुरी पाए जस्तै भो ।

मनै त हो तिर्खाउँछा, काँडा बिज्दा बिझाउँछ,

प्यासी ओठले पानी पिउने मन्जुरी पाए जस्तै भो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।