मैले नसक्ने भएँ तिम्रो मनमा छुरा रहेछ
मैले नसक्ने भएँ तिम्रो त चर्को कुरा रहेछ
विश्वासले जिते संसार जितिन्छ भन्थेँ
मैले नसक्ने भएँ तिम्रो त ताल बेसुरा रहेछ
तिम्रो साथ खोज्दै दूरबाट धाएर आएँ
मैले नसक्ने भएँ तिम्रो त साथी सुरा रहेछ
मङ्सीर आए प्रणयसूत्रमा बाँधिउँला भन्थेँ
मैले नसक्ने भएँ तिमीसँग त अर्कैको चुरा रहेछ