मान्छे मान्छेबिचको सद्भाव खै
फलेको हाँगो जस्तै झुकाव खै
गल्ती हुन्छ गल्तीबाटै सिकिन्छ
गल्ती गरे पछिको पश्चताप खै
ढुंगा झैं कठोर छ अचेल मान्छे
त्यो कोमल हृदयको बचाव खै
रिस-राग, इर्ष्या, घृणा, घमण्ड
छोडेर सबै करुणामय भाव खै
लेख्छु अनि सुनाउँछु गजल तर
राम्रो नराम्रो के छ सुझाव खै