18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जे. आर."आभास" March 2, 2013, 5:00 pm

भेना भन्दै जिस्किरहने साली नजिक आइ

दिल चोर्ने बहानाले त्यो काली नजिक आइ

कहिले आँखा जुधाउँदै कहिले मुस्कुराउँदै,

फसाउन खप्पिस भाकि जाली नजिक आइ

पहिले भेट्दा नजिक हुन डराउँथि कति,

बैंस चढेर होकि यसपाली नजिक आइ

ओइलिसक्या थिए मनका फुलहरु सबै,

रङ्गिचङ्गि फुल फुलाउने माली नजिक आइ

जो आए नि आफुलाई आफ्नै प्यारो लाग्ने रै'छ,

आखिरिमा टाढा भा'कि घरवाली नजिक आइ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।