18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिवाकर भट्टराई March 2, 2013, 4:53 pm
दिवाकर भट्टराई
दिवाकर भट्टराई

हातकाटी पत्र रगतले नाम, कोरेर छोडिन् !!

दिएका चिठी पत्र एकमुस्ट, सोरेर छोडिन् !!

सुनसान रातहरुमा,बाटो कुरी बस्दासम्म

बन्द दिलको ढोका एकाएक, फोरेर छोडिन् !!

रंगमन्चमा नाटक कती,देखिने बाच्दासम्म

अभिनयको भूमिकामा आफै, भोरेर छोडिन् !!

बिचित्रको प्रेममा त्यसै,लर्बराउदै बर्षौ देखि

कहिले कस्को फेरी कस्को, चोरेर छोडिन् !!

टुक्रिएको मन जोड्न, गार्हो हुदो रै'छ साथी

दु:ख लुकाई समाज बीचमा, मोरेर छोडिन् !!

दमौली, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।