18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रकाश पौडेल माइला February 25, 2013, 4:24 am

सापट र उधारोमा लिइनुको मजा बेग्लै

माया साटासाट गर्दा खिइनुको मजा बेग्लै

मदिराको नशामा लट्ठिँदै छन् जोडीहरू

उन्कै ग्लासमा मिसिएर पिइनुको मजा बेग्लै

पाउनु मात्र हैन माया गुम्नुले नि अर्थ राख्छ

कसैलाइ गोरेटो बनी, दिइनु को मजा बेग्लै

बटुलेको आत्मीयता छिट्टै फाट्छ भन्ने सामु

उनीसँग नजिकिँदै सिइनुको मजा बेग्लै

हिजोसम्म सुनियाका असन्तोष र बितृष्णामा

बर्खे भल झैँ अवसर छोपी जिइनुको मजा बेग्लै

जापान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।