भेडा र ब्वांसाहरु साधु भै गाउंदैछन् सभासद
भोट र नोटका पूजारी भै आउंदैछन् सभासद
लुट्ने र धुत्ने फेरी मेसो बनाउंदैछन् राजनीति
घर र गोठमा सुनको छाना लाउंदैछन् सभासद
भन्नु मात्र पर्छ भोट दिन्छु 'के गर्छौ तिमि ?'
जुत्ता र कट्टु पनि टोपी भनि लाउंदैछन् सभासद
संविधान र विकास थाहा छैन कुन चरि अरे
'एड' र 'एड्स'का पोको लिन धाउंदैछन् सभासद
धाक तिन्को 'खसाल्छु बादशाह घोडैबाट' भन्छ
विन्ति र खुसामदका दोहोरी गाउंदैछन् सभासद
राष्ट्र र जन भन्नु 'स्यालको चिल आयो कथा' भो
फिजी र भुटान ल्याउन दक्षिण धाउंदैछन् सभासद ।
हाल:अष्ट्रेलिया