बुझ्छ कस्ले पीडा ति पिएका मान्छेको
आफैँ बिर्सि नसामा जिएका मान्छेको,
हेरेर प्रेमानुभाव हुने भए देखि,
कुनै अर्थ हुन्न दिल दिएका मान्छेको,
टुक्रीएको मन कहाँ जोडिएको छ र,
लाखौँ कोसिसले मन सिएका मान्छेको,
मुखले त बन्यो देश कामले बनेन,
भर छैन यी सपथ लिएका मान्छेको,
महल भित्र कहिले हुन्छ र आदर,
खुन पसिना बगेर खिएका मान्छेको