देशको सम्मुनत आर्थिक विकासको लागि धमाधम बैंक तथा वित्तीय संस्थाहरुको ओइरो लाग्न थाल्यो । यही क्रममा सहकारी संस्थाहरुको पनि गाउ‘ टोलमा लर्को लाग्दै गयो । कोही रहरले त कोही बदनियतपूर्ण तरिकाले यस्ता संस्थाहरु खोल्दै गए । शुद्ध समाजसेवा र आर्थिक उन्नतिको लागि लागिपर्ने सहकारी संस्थाहरुले सर्वसाधारणलाई आपूm प्रति विश्वास जगाउन हम्मे हम्मे पर्न थाल्यो । विभिन्न घटनाहरुले पनि आगोमा घ्यू थपे जस्तै हुन थाल्यो । हुन पनि हो, जिन्दगीमा अनेक दुःख कष्ट गरी जोगाईराखेको २०,२५ लाख रुपैयॉ आकर्षक व्याजको प्रलोभन देखाई रकम संकलन गरी रफुचक्कर भएका सहकारी पनि देखिए । एउटा निश्चित मापदण्ड हु‘दा हु‘दै पनि कोही भने आपूmलाई एकदमै स्वतन्त्र ठान्न थाले । यसो हुनुमा सायद ठूलै आशिर्वाद प्राप्त भएको पनि हुन सक्छ ।
खोलिसकेका संस्था बन्द गर्न पनि नमिल्ने,नियमित चलाउन प्रतिस्पर्धा नै चर्को हुने । संस्था जसरी पनि चलाउन कसैले कडा मिहेनत गर्न थाले भने कसैले अनेक जुक्तिको परिकल्पना गर्न थाले ।
एउटा सहकारी संस्थाको साधारणसभा अगाडिको अन्तिम कार्यसमितिको बैठकमा एउटा विषयमा चर्को विवाद भएछ । विवादको विषय राष्ट्रिय दैनिक पत्रिकामा निस्केको चक्रपथमा सहकारीको नाममा हु‘दै नभएको जग्गा सम्वन्धिको विज्ञापनमा केन्द्रित रहेको थियो । हुन त यो विवाद आप्mनै घर भित्रको थियो । जिज्ञासाको सफाई दिने क्रम सकिएपछि सवैलाई यो नौलो जुक्तिको बारे प्रष्ट भयो ।