18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिवाकर भट्टराई January 18, 2013, 8:06 pm
दिवाकर भट्टराई
दिवाकर भट्टराई

धनको लागि मान्छे टाउको, फुटाउन कसिन्छन् !!

ईमान बन्धकी राखी इज्जेत, लुटाउन कसिन्छन् !!

संस्कार यहि थियो कि, चलन बसालियो कुन्नि

मातापितालाई एकाएक, कुटाउन कसिन्छन् !!

मृत्युको खोल ओडाई,निराधार जिन्दगी बनाई

धोकेबाजको बेग्लै जमात, जुटाउन कसिन्छन् !!

मनै डगमगाउने गरि, तृष्णा मेटिसके पछि

प्रेमलाई सार्थकता दिन, चुटाउन कसिन्छन् !!

काटमार र बैमनस्यताको चलन निकै हाबी छ

चर्किएको छातीलाई अझै, टुटाउन कसिन्छन् !!

फैसला कुर्दै थें आखिर,जित मेरो निश्चितै थियो

अरे कठघरामा कोहि भन्दै, छुटाउन कसिन्छन् !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।