18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुदिप सेढाई January 12, 2013, 2:59 am

सहि हो या गलत म बुझ्न सक्दिन

यस्तै धेरै कुराहरु म सोच्न सक्दिन

आवेगमा आएर खै के के गर्छु होला

यो मनलाई चाहेर म रोक्न सक्दिन

म विना तिमी सधै खुशि हुन्छौ भने

अरुकै बन्नु तिमी म छेक्न सक्दिन

बढि मायाँ गर्छ होला सायद उसले

यस्तै नानाभाति म देख्न सक्दिन

तनहुँ, दमौली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।