झर्दा झर्दै यति तल झरें आजभोलि,
बाँचे भन्नु केका लागि, मरें आजभोलि ।
जता मल्क्यो उतै ढल्क्यो, समयको गति,
उता छाडी यता जब, सरें आजभोलि ।
पोखिएको टिप्नु पर्थ्यो, सम्याउनुपर्थ्यो,
असरल्लै पारें सबै, छरें आजभोलि ।
जीवन भन्नु के हो आखिर, इमानै हो ठूलो,
इमानकै घाटा व्यापार, गरें आजभोलि ।
डुबाएर सिगै डुंगा, मजधारमा पारी,
छड्किएर आफू चाहिं, तरें आजभोलि
क्यालगरी, क्यानाडा