भो मसंग अचेल नदीको कुरै नगर
बाँच्न सिक्छु आफै बरु भई बगर
पानी जस्तै यो जिन्दगी सलल कहाँ बग्छ ?
मान्छे भई जिउँदा घुम्ती काट्नु पर्दो रै'छ
आँशु-हाँसो संगै बोकी घुम्ती पार गर्छु
मनै घोटी मनको घाउ आफै निको पार्छु
भुँइकुहिरो झैँ डाँडा खोला हुँदै उक्ली जाउँला
बिहानीको लाली जस्तै, एकदिन शिखर छाउँला
मनको लट्ठी भन्दा दरो, के हुन्छ र ? अरु
आफ्नै मन टेकी आकाश भेटि दिन्छु बरु
भो मसंग अचेल नदीको कुरै नगर
बाँच्न सिक्छु आफै बरु भइ बगर
न्युयोर्क