18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुरेश बिडारी विवश October 20, 2012, 1:40 pm

रातो टिका लगाएर मनाउन दशैं

माछा मासु नखाएर मनाउन दशै

नयाँ लुगा दशैंमै किन्नै पर्छ होइन

पुरानै त्यो सजाएर मनाउन दशैं

अरुको देखासीकी ऋणका हुन्छ भारी

खर्च गर्न डराएर मनाउन दशैं

पिङ हालौ न गाँउमा सबै मिलिजुली

चच हुईयाँ कराएर मनाउन दशैं

साथीसंगी जम्मा भई उडाउँदै चङ्गा

चङगा चेट गराएर मनाउन दशैं

सत्यको जीत आजै खुसीको यो मौसम

असत्यलाई हराएर मनाउन दशै

बन्नुपर्छ चाड अब गरिबको पनि

मिठो खाना बनाएर मनाउन दशैं

एउटा खुसी अर्को दुखी हुनु नपरोस

सबै सधैं रमाएर मनाउन दशैं

चित्लाङ्ग – २ मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।