18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मोहन बिहानी October 6, 2012, 1:55 am

भित्र भित्रै कता कता देश जलेको छ यहाँ

सायद भन्नु पर्दैन परिबेश गलेको छ यहाँ ।

बिश्वास गर्यो जस माथि घात गर्छ उहि,

साम दाम दन्ड भेदले सधै छलेको छ यहाँ ।

चर्काउन खोज्छ युद्द समयलाई बन्दि बनाई

राज्यसत्ता हात पार्न छायाँ आदेश चलेको छ यहाँ।

भाई भाइमा फुट ल्याउन जाति बादी हाबि हुदै,

अर्कोलाई दोष लाउदै आफु आफु ढलेको छ यहाँ।

घृणा द्वेस स्वार्थ छल बल अड्यो राजनिती सधैं ,

सत्ता मोहमा लिप्त भै जो कोइ जमेको छ यहाँ।

भक्तिपुर-७ सर्लाही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।