18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छोरालाई चिठ्ठी

कविता र्इश्वरमणि अधिकारी September 23, 2012, 1:37 am

उभिनू

निर्धक्कसँग उभिनू

उज्यालोको पक्षमा

जीवन उज्यालोको लागि हो

* *

नझुक्नू

कहिँ कहिल्यै नझुक्नू अँध्यारोसँग

नचुक्नू अँध्यारोमा

जीवन अँध्यारोको विरूद्द पनि हो

* *

नकुर्नू - अरूको उज्यालो

नचोर्नू - अरूको उज्यालो

तिम्रोलागि उज्यालो तिमी आँफै हौ

बुद्दले भने झैँ.

"अप्प दिपो भव:

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।